
कर्णाली राजमार्गको यात्रा भगवान भरोसा
प्रकाशित मितिः २५ असार २०७४, आईतवार १६:५४
सुर्खेत । दैलेख चाुमण्डा विन्द्रासैनीका दिपेन्द्र शाही काम विशेषले आफ्नै मोटरसाइकलमा कालीकोट जान भनेर हिडें । उनी कर्णाली सडकखण्डको रामघाट पुग्नेबेलामा ठुलो पानी प¥यो । वर्षातको समय भएकाले उनी त्यहाँ ओत लागे । पानी पर्न कम भएपछि उनी गन्तव्य तर्फ लम्के तर कुमाल खोला नजिक पुग्दा उनले झण्डै २ घण्टा रोकिनुप¥यो । कारण खोलामा भेल आएको थियो । भेललाई तर्ने साहस उनमा आएन । उनले भने, ‘त्यो दिन म कालीकोट पुग