
श्रीलङ्कामा सडक दुर्घटना, दशजनाको मृत्यु
प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १२:२८
श्रीलङ्काको जाफ्ना क्षेत्रमा एउटा भ्यान र बस एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।
मृतक सबै भ्यानमा चढेर जाफ्ना सहरतिर हिँडेका यात्रु रहेका प्रहरीले जनाएको छ । घटनामा २१ जना घाइते भएका र उनीहरूमध्ये तीनजनाको अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ ।
श्रीलङ्कामा कमजोर सडक संरचनासँगै चालकको लापर्बाहीका कारण सडक दुर्घटना बढेको भन्दै सरकारले च