
भारतीय राष्ट्रपतिले गरे जानकी मन्दिरमा विशेष पुजा
प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १३:३७
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।
सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्रो हुन । यसअघि भारतीय राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए ।
मुगल ,हिन्दू र मैथिल वास्तुशैलीको अनुपम सङ्गमबाट बनेको सो मन्दिर वास्तु कलाकारिताको विलक्षण सम्पदा मानिन्छ । न