
जाजरकोट अस्पतालमा आधुनिक डेन्टल सेवा सुरु
प्रकाशित मितिः ६ मंसिर २०७३, सोमबार १३:५४
यहाँको जिल्ला जनस्वास्थ्य कार्यालयले आधुनिक डेन्टल सेवा सुरु गरेको छ । दाँतसम्बन्धी सबैखालका समस्या समाधान हुने कार्यालयका निमित्त प्रमुख चाँदनी जैसवालले बताए ।
सो सेवाका लागि आवश्यक आधुनिक उपकरण जुटाइएको छ । यसअघि कार्यालयमा सामान्य खालको दन्तसेवा मात्र उपलब्ध थियो ।
आज यहाँ आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको दाँतको उपचारसंगै सेवा सञ्चालन गरिएको हो । डेन्टल सेवा सञ्चालन गर्