
म्याद सकिएका सामग्री प्रयोग गर्न बाध्य
प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार ०८:३८
यहाँका स्थानीय बजारमा पाइने अधिकांश वस्तुको म्याद गुजे्रको पाइएको छ । जिल्लाका ग्रामीण क्षेत्रका बजारमा अनुगमन कहिले पनि नहुने भएपछि व्यापारीले म्याद गुजे्रका सामग्री धमाधम बिक्री गर्ने गरेको पाइएको हो ।
जाजरकोट तथा रुकुमका स्थानीय बजारमा खुलेआम यस्ता म्याद गुजे्रका सामग्री बिक्री गर्ने गरेको भएपनि नियामक निकाय भने मौन बसेको स्थानीयवासीको गुनासो छ । जिल्लाका कालीमाटी, चौखा, रिम्ना, थलहबजार, घाट,