
भैंसीलाई स्याउ !
प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १२:१७
बाजुराको जुकोटमा यो वर्ष पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन । बेच्न नपाएर स्याउका दाना बारीमै कुहिन थालेपछि किसानहरू चौपायालाई आहारका रूपमा खुवाउँदै छन् ।
जुकोटमा अधिकांश परिवारका २र४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । बजार पुर्याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने यहाँका किसानहरूको आम