
चीनले सञ्चालनमा ल्यायो झुण्डिने रेल
प्रकाशित मितिः ९ कार्तिक २०७३, मंगलवार ०८:०२
माथि आकाशमा देखिएको कुनै चरा होइन, हवाईजहाज पनि होइन, चीनको पहिचान पाण्डा पनि होइन। त्यो त चीनको पहिलो आकाशे रेल हो । यो आकाशमा ड्रागन उडे जसरी गुड्छ ।
१८ मिटर लम्बाई र २ दशमलव ३ मिटर चौडाई रहेको यो रेल ६० किलोमिटर प्रतिघण्टाको गतिले कुद्नेछ । एकपछि अर्को गर्दै आश्चर्यजनक कुराहरु निर्माण गर्दै आएको चीनले अर्को वर्षबाट सञ्चालनमा ल्याउने गरी तीन साताअघि झुण्डिने आकाशे रेलको परीक्षण गरिभ्याएको छ ।