
५ नं. बाट अलग्याउन लागेकोमा राेल्पामा विराेध
प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार ११:०८
प्रस्तावित ५ नं प्रदेशबाट पहाडी जिल्ला छुट्याउने गरी संविधान संशोधन हुन लागेको भन्दै रोल्पामा मंगलबार विरोध प्रदर्शन गरिएको छ ।
सर्वदलीय तथा सर्वपक्षीय सरोकारवालाको आयोजनामा भएको प्रदर्शनमा ‘ऐतिहासिक परिवर्तनमा रोल्पाले खेलेको भूमिकाको सम्मान गर, ५ नं प्रदेशवाट पहाडी जिल्ला छुट्याउन पाइँदैन, ५ नं प्रदेशका जनताको एकता जिन्दावाद’ लगायतका नारासहित सदरमुकाम लिवाङमा नगर परिक्रमा गरिएको थियो ।