☰ open Loading... 18 April 2025|  

Tag: सल्यान सम्वाददाता

जिप दुर्घटनामा तीन यात्रु घाइते

जिप दुर्घटनामा तीन यात्रु घाइते

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १८:२८
सल्यान । सल्यानमा जिप दुर्घटना हुदाँ ३ यात्रु घाईते भएका छन् । बामेबाट सल्लीबजार आउदै गरेको जिप बामे ६ धाराको इरजमा बुधबार दुर्घटना हुँदा ति यात्रु घाइते भएका हुन् । भे १ च २०३३ न को जिप दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन । घाइते हुनेमा चालक तथा गाडी मालिक बामे गाविस वडा न ६ बर्ष ३४ का राम बहादुर बस्नेत, सोही गाविस वडा ४ बर्ष २३ का महेश शर्मा र सोही वडाका बर्ष ५० का हस्त बहादुर महतरा
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १२:५६
सल्यान । ट्याक्टरको दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत राकम– ७ का ट्याक्टर चालक २३ वर्षिय प्रेम नेपाली रहेका छन् । देवस्थल गाविसबाट बामे जाँदै गरेका भे १ त ५७८३ नं ट्याक्टर बामे – ६ पोखरा नजिकै गएराति दुर्घटना हुँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । ट्याक्टर सडकबाट झन्डै ४० मिटर तल खसेको छ । ट्याक्टरमा सवार बामे– ९ की ३५ वर्षीया मनकुम
दुर्गमका विद्यार्थीलाई रु. पाँच लाखकाे छात्रवृत्ति

दुर्गमका विद्यार्थीलाई रु. पाँच लाखकाे छात्रवृत्ति

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १०:०५
  सल्यानको दुर्गम क्षेत्रका विद्यालयमा अध्ययन गर्ने १२० जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । जिल्लाका उत्तरी क्षेत्रमा रहेका दार्माकोट ढाकाडाम, भल्चौर र जिमाली गाविसमा रहेका ४५ वटा विद्यालयका बालबालिकाले प्रतिविद्यार्थी झन्डै रु चार हजार बराबरको छात्रवृत्तिबापतका सामग्री प्राप्त गरेका हुन । सेभ द चिल्ड्रेनको सहयोगमा छात्रवृत्ति प्राप्त गर्नेमा ढाकाडाम गाविसका १३ विद्यालयका ४४ जना, भल्चौर ग
गेट निर्माण गर्न ५० हजार संकलन

गेट निर्माण गर्न ५० हजार संकलन

    प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार १७:४०
सल्यान र दाङको सिमानामा ‘सल्यान गेट’ अर्थात सल्यान प्रबेशद्वार निर्माण गर्न आर्थिक संकलन अभियान शुरु भएको छ । अभियान अन्र्तगत हाल सम्म ५३ हजार १ सय ५५ रुपैँया आर्थिक संकलन भएको सल्यान दृष्टिकोणका संयोजक धुव्रराज वलीले जानकारी दिए । उनका अनुसार आर्थिक सहयोग गर्नेहरुमा ऋृषिकेश जङग शाहले १० हजार, धुर्बराज वलीले १० हजार, पवित्र चन्द सल्यान साउनेपानी हाल मलेसियाबाट ७ हजार ५ सय, रत्न चन्दले ५हजार ५ सय
विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १०:५५
विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । एमकेवी समूहको सहयोगमा शनिबार ति सामग्रीहरु वितरण गरिएको हो । बागचौर नगरपालिकाको बन्याचौर मा.वि लस्तममा ५ जना विपन्न वर्गका विद्यार्थीलाई सहयोग स्वरुप स्टेशनरी, डे«स, झोला, गरी १३ हजार बराबरको सामान वितरण गरिएको समुहकी सदस्य मारिया राईले जानकारी दिईन् । आइती वली, गणेश परियार, मिना डि.सी., लिला डि.सी. र सुरेश डि.सी.लाई शैक्षिक स
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १९:५३
सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको फलाबाङ गाबिस वडा नं। ४ ठुटेपिपल निवासी ११ बर्षिय चरण बुढाथोकीको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । शुक्रबार दिउँसो झण्डै १ बजे तिर फलाबाङ गाबिस को वडा नं। ५ रिगाटे स्थित बिद्युत पोलमा चढेका बेला करेण्ट लागेको आमा सुसिला बुढाथोकीले जानकारी दिएका हुन् ।
मुहान सुक्न नदिन वृक्षारोपण

मुहान सुक्न नदिन वृक्षारोपण

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १७:३६
खानेपानीको मुहानलाई संरक्षण गर्न मंगलबार सल्यानमा वृक्षारोपण गरिएको छ । वर्षायाममाभन्दा खडेरीमा पानीको हाहाकार मच्चिन थालेपछि मुहान संरक्षण गर्न सल्यानको लेखपोखराका स्थानियले खानेपानीको मुहानमा वृक्षारोपण तथा सरसफाई गरेका छन् । लेखपोखरा ४ दियार गाँउका स्थानियको सक्रियतामा सिमल, बुकाईनो, रिठा लगायतका झण्डै एक हजार बिरुवा रोपिएको महेन्द्र्र सामुदायिक वनका अध्यक्ष नारायण वलीले जानकारी दिए ।  उनले