
अध्ययन अनुभूति : समाजको ऐना ‘देउती’
प्रकाशित मितिः १० असार २०७४, शनिबार १३:४७
जब जब म कोर्षभन्दा बाहिरका पुस्तकहरु पढ्न बस्छु तब मन अत्यन्तै चञ्चल हुन्छ । पुस्तकको पहिलो पाना पढ्न सुरु गरेपछि यसको अन्त्य कस्तो होला भन्ने उत्सुकताले चिमोटिरहन्छ । किताब पढ्न सुरु गर्नु भन्दा पहिला म सधैं अन्त्यमा के होला भन्ने उत्सुकतामा हुन्छु । प्राय : म आफ्नो चञ्चल मनलाई रोकिराख्न सक्दिनँ । मनलाई स्थीर गर्ने प्रयास गर्दै, सुरुका पानाबाट नै किताब पल्टाउछु, तर किताब पढेर बिच तिर आईपुग्दा मनक