☰ open Loading... 29 April 2025|  

Tag: सिमा (जाजरकोट)

हिंसाविरुद्धको सोह्रदिने अभियानः ग्रामीण भेगका महिला अधिकारका बारेमा बेखबर

हिंसाविरुद्धको सोह्रदिने अभियानः ग्रामीण भेगका महिला अधिकारका बारेमा बेखबर

    प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार १२:४०
सिमा–१ की जयकुमारी विक अघिल्लो दिन बाँकी रहेको मकैको रोटी र नुन प्लास्टिकमा बेरेर बिहानै साँढे ५ बजे डोको बोकेर स्याउला ल्याउन जङ्गल तर्फ होमिएन । जयकुमारीका श्रीमान् अघिल्ला दिनको मदिराको नशाले नछाडेका कारण बिहान ९ बजेसम्म ओच्छ्यानमै थिए । दुई छोरा र एक छोरी साना भएका कारण घरको खलोमा बसेर माटो खेलिरहेका थिए । भोक लाग्यो, जेई (आमा) भन्दै बच्चाबच्ची कराएको पस्टै सुनिन्थ्यो । मदिरा खाएर सुतेका बा