
सबिनको उपचार र पढाई खर्च जुट्यो
प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार ११:१४
गत कात्तिक ८ गते भैँसीले कुल्चिएपछि खुट्टा भाँचिएका चार वर्षीय बालक सबिन केसीलाई उपचारका साथै पढाइ खर्च जुटेको छ । आमा दोस्रो बिहे गरेर गएकी र बाबुको मृत्यु भएका सक्ला–१ लैखम घर भई खगेनकोट–९ मङ्सिरीमा मावलीघरमा बस्दै आएका सबिनको विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा समाचार आएपछि उपचारका लागि रकम जुटेको हो ।
सबिनको कहालिलाग्दो अवस्थाको समाचार पढेपछि हाल वैदेशिक रोजगारीमा रहेका डाँडागाउँ–७ चाउ