
अब कर्णाली सरकारले नै पाँचसय मेघावट विद्युत उत्पादन गर्ने
प्रकाशित मितिः १५ माघ २०७५, मंगलवार १८:४९
२२ बुदे साझा प्रतिवद्धतासहित सकियो परिषद् बैठक
सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नै लगानीमा पाँचसय मेघावट विद्युत उत्पादन गर्ने भएको छ । वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको प्रदेश समन्वय परिषद्को प्रथम बैठकले प्रदेश सरकारकै लगानीमा पाँचसय मेघावट विद्युत उत्पादन गर्न साझा प्रतिवद्धता गरेको हो ।
कति वर्षमा र कहाँ विद्युत उत्पादन गर्ने भन्ने विषयमा बैठकले निष्कर्ष निकालेको छैन्