☰ open Loading... 2 May 2024|  

विद्यार्थी नेता शाहीलाई विश्वद्यालयबाट निष्काशन गर्ने निर्णय
  | २ असार २०७४, शुक्रबार १८:१७

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विस्तारित कार्यालयमा पार्किङ्ग गरेको गाडी माथि ढुंगा प्रहार गर्ने विद्यार्थी नेता अनिलकुमार शाहीलाई निष्काशन गर्ने निर्णय विश्वविद्यालले गरेको छ । शुक्रबार दिउसो नेविसंघका केन्द्रीय सदस्य समेत रहेका शाहीका नेतृत्वमा गएको टोलीले रजिष्टारको गाडी तोडफोड गरेको भन्दै विश्वविद्यालयलको पदाधिकारीहरुको आकस्मिक बैठकले निष्काशन गर्ने निर्णय गरेको हो ।

मप विश्वविद्यालयका रजिष्टारकाे गाडी ताेडफाेड

विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा बसेको पूर्ण बैठकले गाडी तोडफोडको घटनाप्रति भत्र्सना गर्दै शाहीलाई निष्काशन गर्ने निर्णय गरेको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

पदाधिकारीको बैठकले निज अनिल बहादुर शाही विश्वविद्यालयको विद्यार्थी भएकाले एउटा विद्यार्थीले शोभा नदिने आपराधिक कार्यमा संग्लग्न भएकाले निजलाई विश्वविद्यालयबाट निष्काशन गर्ने र कडा भन्दा कडा कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन सम्वन्धीत पक्षलाई पत्रचार गर्ने निर्णय समेत गरेकाे छ ।

रजिष्टार चढ्ने बा.१७ च. ४२५५ माथि इट्टा र ढुंगा प्रहार गरी गाडी माथि क्षति पु¥याएको र उनीहरुको उद्देश्य गाडीमा रजिष्ट्रार गाडीमा भएमा ज्यानसम्म लिने प्रकृतिको जघन्य अपराध देखिन गएकाले यस्ता आपराधिक कार्यको विश्वविद्यालयको पदाधिकारी बैठक घोर भत्र्सना गर्दछौं विज्ञप्तीमा भनिएको छ ।

विस्तारित कार्यालयमा पार्किङ्ग गरेर राखिएको गाडी अन्दोलनरत विद्यार्थीको समुहले गाडीको अगाडिको सिसा, ढोका, बडी समेतमा तोडफोड गरी क्षति पु¥याएको विश्वविद्यालयले जनाएको छ ।

बैठकमा विश्वविद्यालयका उपकुलपतिसहित रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल, पाँच वटै सङ्कायक डीनहरू, चार वटै निर्देशनालयका निर्देशकहरू, सहायक डीनहरू, सबै क्याम्पसका क्याम्पस प्रमुखहरू, कार्यक्रम निर्देशकहरू, सहायक क्याम्पस प्रमुखहरू, सम्मिलित विश्वविद्यालय पदाधिकारीहरूको उपस्थिती रहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।