☰ open Loading... 1 December 2024|  

दुर्घटना

निर्माणाधीन झोलुङे पुलको पर्खाल भत्किँदा पाँचजनाको मृत्यु

निर्माणाधीन झोलुङे पुलको पर्खाल भत्किँदा पाँचजनाको मृत्यु

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार १४:०१
रोल्पामा झोलुङे पुलको रिटेनिङ वाल भत्किँदा पुरिएर पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सुनछहरी गाउँपालिका– ३, बाहिरी गामनिवासी ४५ वर्षीय दुजमन परियार, वर्ष ३१ का ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सवित्रा परियार र ६६ वर्षीया देवीराम परिवार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए । जिल्लाको सुनछहरी गाउँपालिका– ३ मौलाबाङ र बाहिरी गाम जोड्न
बसबाट खसेर दुई जनाको मृत्यु

बसबाट खसेर दुई जनाको मृत्यु

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार १२:५६
काठमाडौंको तारकेश्वर नगरपालिका-८ लामबगरमा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ। यात्रु चढाउने र ओराल्ने क्रममा रोकिराखेको अर्को गाडीमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी नुवाकोटको ककनी गाउँपालिका-५ का ४५ वर्षीय सञ्चबहादुर लामा र तादी गाउँपालिका-१ का ५८ वर्षीय सुन्तली ओझाको मृत्यु भएकाे प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका एकजनालाई उपचारका लागि महारा
बसको ठक्करबाट एक जनाको मृत्यु

बसको ठक्करबाट एक जनाको मृत्यु

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार १२:५४
बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भेरी करिडोर सडकखण्ड अन्तर्गत डोल्पाबाट नेपालगन्ज जाँदै गरेको भे१ख १३९६ नम्बरको बसले ठक्कर दिँदा नलगाड नगरपालिका-१ चिउरीका सुरेश महरको मृत्यु भएको हो । भेरी नगरपालिका-१ रावतगाउँ नजिकै महरलाई बसले ठक्कर दिएको थियो । दुर्घटनापछि उनलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएपनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले बत
फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

    प्रकाशित मितिः १४ मंसिर २०८१, शुक्रबार १७:०७
रामेछापको गोकुलगंगा गाउँपालिका फर्फुमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर विक्रम खड्का मगरले जानकारी दिए ।
दुर्घटनामा गोकुलगंगा ४ का वडाध्यक्षको मृत्यु

दुर्घटनामा गोकुलगंगा ४ का वडाध्यक्षको मृत्यु

    प्रकाशित मितिः १४ मंसिर २०८१, शुक्रबार १७:०१
रामेछाप दुर्घटनामा जिल्लाको गोकुलगंगा गाउँपालिका ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ। शुक्रबार दिउँसो गोकुलगंगा गाउँपालिका वडा नं. ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । वडाध्यक्ष बस्नेत पनि त्यहीँ परेका हुन् । गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काका अनुसार वडाध्यक्ष बस्नेतको मृत्यु भइसकेको छ । 'दुखद् भयो । उहाँ पनि पर्नुभयो,' अध्यक्ष खड्काल
बस दुर्घटनाहुँदा १८ जना घाइते

बस दुर्घटनाहुँदा १८ जना घाइते

    प्रकाशित मितिः १४ मंसिर २०८१, शुक्रबार १३:२३
दाङको घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनाहुँदा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। बसमा ३७ जना यात्रु सवार थिए। घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। रा १ ख १३८२ नम्बरको बस घोराही–तुलसीपुर सडक अन्तर्गत तुलसीपुर १८ बिजौरीको डाँडागाउँनेर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
फोर्स गाडीले ठक्कर दिदाँ मोटरसाईकल चालकको ज्यान गयो

फोर्स गाडीले ठक्कर दिदाँ मोटरसाईकल चालकको ज्यान गयो

    प्रकाशित मितिः ११ मंसिर २०८१, मंगलवार ०९:५०
सुर्खेतको भेरीगंगा नगरपालिकाको सप्तरी छिन्चु सडक खण्डमा सोमवार राती कप्र ०२००७ नम्वरको फोर्स गाडीले विपरित दिशाबाट आएको कप्र ०२००१प ७२६९ नम्वरको मोटरसाईकललाई ठक्कर दिदाँ चालकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका १०बस्ने वर्ष ५९ का घाईते भएका चालक रविन्द्र कुमार शाहीलाई उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा दैलेखमा चालकको ज्यान गयो

शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा दैलेखमा चालकको ज्यान गयो

    प्रकाशित मितिः ९ मंसिर २०८१, आईतवार ०७:२२
शनिबार राती दैलेखको गुराँस गाउँ पालिका -४ चिसापानी भन्ने स्थानमा घोडावासदेखि माथिल्लो डुङ्गेश्वर  तर्फ आउदै गरेको कर्णाली प्रदेश ०२-००२ प ३२५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । गुराँस गाँउपालिका- ४ का २६ वर्षका उपेन्द्र शाहीको उपचारको लागि प्रदेश अस्पताल कालागाउँ मृत्यु भएकोे हो । मोटरसाइकल सडक ५० मिटर तल खसेको दैलेखका ट्राफिक प्रमुख टोप बहादुर महताराले जानकारी दिए ।
सुर्खेतमा भएको जिप दुर्घटना १४ घाइते (नाम सहित)

सुर्खेतमा भएको जिप दुर्घटना १४ घाइते (नाम सहित)

    प्रकाशित मितिः ८ मंसिर २०८१, शनिबार १६:३३
सुर्खेतको पञ्चपुरी नगरपालिकामा जिप दुर्घटनामा परेको छ । शनिवार बाबियाचौरबाट चिसापानीतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १५०७ नम्बरको जिप पञ्चपुरी नगरपालिका–५ गरगरेस्थित बाबियाचौर कुइने भित्री सडक खण्डमा दुर्घटनामा परेको हो । दुर्घटनाबाट करिब १४ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते हुनेहरुमा सुर्खेत पञ्चपुरी नगरपालिका ५ बस्ने वर्ष ५६ कि पार्बत
जिप दुर्घटनामा १४ जना घाइते

जिप दुर्घटनामा १४ जना घाइते

    प्रकाशित मितिः ८ मंसिर २०८१, शनिबार १६:२१
सुर्खेतको पञ्चपुरी नगरपालिकामा जिप दुर्घटनामा परेको छ । शनिवार बाबियाचौरबाट चिसापानीतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १५०७ नम्बरको जिप पञ्चपुरी नगरपालिका–५ गरगरेस्थित बाबियाचौर कुइने भित्री सडक खण्डमा दुर्घटनामा परेको हो । दुर्घटनाबाट करिब १४ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।