कर्णाली सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिन छलफल गर्दै
प्रकाशित मितिः २४ कार्तिक २०८२, सोमबार १४:४९
प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई व्यवस्थित र समन्वयात्मक बनाउने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने भेला आयोजना गर्ने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा हुने सो भेला कात्तिक २५ र २६ गते प्रदेश राजधानी सुर्खेतमा सम्पन्न हुनेछ। भेलामा प्रदेशभरका नगरप्रमुख, उप–प्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता








