☰ open Loading... 19 April 2024|  

याे हाे मतदान अधिकृतदेखी कार्यालय सहयाेगीसम्म खटिएका मतदान केन्द्र
  | २० मंसिर २०७४, बुधबार १७:५४

सुर्खेत । भोली सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुर्खेतको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । वीरेन्द्रनगर नगरपालिका–६ स्थित जनमाविमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी रत्न गिरीले जानकारी दिए ।

महिला कर्मचारी परिचालन भएका मतदान केन्द्रमा तीन÷तीन मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा अन्य सहायक कर्मचारी र दुई जना सहयोगी सहित२४ जना कर्मचारी महिला कर्मचारी खटिएका छन् ।

तीन मतदानस्थल रहेको जनमावि मतदान केन्द्रमा मतदान अधिकृत दिपा हमाल, जमुना पौडेल र नन्दा पौडेलन छन् । सई मञ्जु पौडेलको नेतृत्वमा १४ जना महिला प्रहरी र म्यादी महिला प्रहरी सुरक्षाको लागि यो मतदान केन्द्रमा खटिएका छन् ।

यसपटक गोलाप्रथाद्वारा मतदान र सहायक मतदान अधिकृत छनौट गरिएकाले एउटा मतदान केन्द्रमा मात्र महिला परेको सूचना अधिकारी गिरीले बताए । यो मतदान केन्द्रमा झण्डै तीनहजार मतदाता छन् ।