☰ open Loading... 23 November 2024|  

डेढ घण्टापछि सुर्खेत बसपार्क नजिकै लागेकाे अागाे नियन्त्रणमा
  | ७ पुष २०७४, शुक्रबार २३:३१

सुर्खेत । वीरेन्द्रनगरकाे बसपार्क नजिकै रहेका फेन्सी पसलहरूमा लागेकाे अागलागी डेढ घण्टापछि नियन्त्रणमा लिईएकाे छ । शुक्रबार राति ९:४५ बजे लागेकाे अागाे झण्डै सवा  ११ बजे नियन्त्रणमा लिइएको हाे ।

याे पनि पढ्नुहाेस् ।

सुर्खेतको बसपार्क नजिकै अागलागी, नियन्त्रणकाे प्रयास जारी

अागलागीबाट झण्डै अाधा दर्जन फेन्सी पसल, सब्जी मण्डी, र नास्ता पसलमा पूर्ण रूपमा क्षति पुगेकाे छ ।

बसपार्कबाट सम्राट हाेटलतर्फ जाँदा बायाँ साईटमा रहेका पसलहरूमा लागेकाे अागाे निभाउन वीरेन्द्रनगर नगरपालिकाकाे दमकल, स्थानीय पानी ट्यांकर, डाेजर प्रयाेग गरिएको थियाे ।

साथै आगाे नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयबासी जुटेका थिए । अागलागीकाे कारण नखुलेपनि विद्युत सर्ट भएकाे हुन सक्ने अाशंका प्रहरीको छ ।

अागलागीबाट करोडौं धनजनको क्षति भएकाे प्रहरीको प्रारम्भिक अनुमान छ ।