☰ open Loading... 21 November 2024|  

वर्षा पम्पबाटै सिँचाई
  | १ असार २०७३, बुधबार ०९:३३

पश्चिम नेपाल सम्वाददाता
दैलेख, १ असार ।
मुलहरु नहुँदा आकाशे पानीको भरमा सिचाई गर्नुपर्ने रावतकोटका किसानहरु वर्षा पम्पबाटै सिचाई गर्न थालेका छन् । नयाँ प्रविधियुक्त मेशिन खोलामा राखेर २० मिटर माथि रहेका खेतहरु सिचाई भएका हुन् ।

खोला नजिक भएपनि खेतहरु पानीको मुहान नहुँदा रोपाईदेखी हिउँदमा समेत सिचाई नहुँने रावतकोट २ र ३ वडाका किसानहरु अहिले प्रयाप्त सिचाई सुविधा पाएका हुन् । खोलामा पानीको बहावले ट्रवाईन घुमाएपछि पाईपको रोल पनि घुम्छ ।

त्यसको फोर्ससंगै दुई ठाँउ जहाँ हावा र पानी फयाक्ने गर्दछ । घुमेरको ट्रवाईनकै फोर्सले खोलाबाट ठाडो उकालोमा पानी फ्याक्छ । अनि खेतहरुमा सिचाई गरिन्छ । यो जिल्लामै सिचाई गर्ने नयाँ प्रविधि हो ।

छामघाट खोलामा जडान गरिएको वर्षा पम्पसंगै खुसी हुँदै स्थानीयहरु ।
छामघाट खोलामा जडान गरिएको वर्षा पम्पसंगै खुसी हुँदै स्थानीयहरु ।

३२ एमएमको पाईपबाट पानी लिएर खेतमा सिचाई गरिएको हो । स्थानीयहरुले सिचाई सुविधाका लागि फिटिङ्ग उपभोक्ता समिति पनि गठन गरेका छन् । मेशिनको रेखदेखदेखी मर्मतसम्म समितिले नै गर्दछ । डिजेल, पेट्रोल, बत्ती सोलारविनै पानीको बहावबाटै सिचाई हुने हुँदा स्थानीयहरु दंग छन् ।

उब्जनी कम हुने खेतहरुमा सिचाई सुविधाले ४ बाली लगाउने तयारी भईरहेको किसान भक्ते खत्रीले बताए । łआकाशे पानीको भरमा रोपाई गर्नुपथ्यो । किसान खत्रीले भने, अव वर्षा पम्प आएपछि रोपाई मात्रै होईन् वर्षमा ४ बाली लगाउने योजना बनाएका छौ ।

उनका अनुसार खोला नजिकै भएपनि माथि मुहानमाथि नहुँदा खेतहरु बाँझै हुन्र्थे । अव पाईपबाट पानी झन्ने ठाँउमा पोखरी बनाएपछि सिचाई अँझ सुविधा पुग्ने किसानहरु बताउँछन् । खदिर र फिटिङ्गका लागि वर्षा पम्प नामक सिचाई गर्ने मेशिन उपलब्ध उच्च पहाड गरिवी निवारण आयोजनाले गरेको हो ।

मेशिन जोडिएसंगै किसानहरुको खेतहरु जहिले पनि सिचित हुने रावतकोटका सामाजिक परिचालक घनश्याम रिजालले बताए । आवश्यकताको आधारमा वर्षा पम्प जडान गरिएको उनको भनाई छ । ५३ घरधुरीको १२ हेक्टर खेतीयोग्ग जमिनहरु सिचित भएका छन् ।