| ३१ असार २०७३, शुक्रबार ०३:०६
प्रयाप्त वर्षा भएपछि पश्चिम दैलेखको तोलीजैशी गाविसमा धान रोप्दै महिलाहरु । मनसुनको आगमनसंगै दैलेखका लेकाली क्षेत्रका अधिकाँश ठाउँमा धान रोपाई अन्तिम चरणमा पुगेको छ । तर खोला किनारा र सिँचाई अभाव क्षेत्रमा भने धान रोप्ने काम असार १५ पछिबाट शुरु हुने क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।
कुल ८ हजार ५ सय ७ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने दैलेखमा २१ प्रतिशत रोपाई सकिएको छ । राकमकर्णाली, नौमुले, बेलपाटा, रावतकोट, बडलम्जी, साविकको नाउलेकटुवाल लगायतका गाविस धान उत्पादन हुने पकट क्षेत्र मानिन्छ । ७ हजार ९ सय ९७ क्षेत्रमा सिँचाई पुगेपनि ५ सय १० हेक्टर क्षेत्रफलका कृषक अझैपनि प्रयाप्त आकाशे पानीको भर पर्नु पर्ने बाँध्यता छ ।
तस्वीर ः सपना शाहीको फेसबुकबाट