☰ open Loading... 30 May 2024|  

राप्रपासँग एकताको अध्याय समाप्त : थापा
  | २५ श्रावण २०७३, मंगलवार ०९:३९

पश्चिम नेपाल सम्वाददाता
काठमाडौं, २५ साउन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग पार्टी एकताको अध्याय समाप्त भएको बताएका छन् ।  मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले राप्रपासँग अब एकता नहुने बताएका हुन् । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक बेइमानी गरेको थापाले आरोप लगाए ।
Kamal-Thapa
थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपाबीच मंगलबार राजधानीमा एकता घोषणा सभा हुने तयारी भइरहेको थियो ।

तर, सोमबार राणाले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल राप्रपा नेपालसँग एकता नहुने बताएका थिए ।

राप्रपा नेपाल र राप्रपाबीच प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद छ ।

विवादकै बिच राप्रपाका दुई मन्त्रीलाई समेटेर प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् ।