☰ open Loading... 24 November 2024|  

दरवन्दी एकातिर, प्रशासकको रोजाइ अर्कैतिर
  | ३ भाद्र २०७३, शुक्रबार ०२:३८

पाँच वर्षमा ६ प्रमुख,  अधिकाँश समय विदामै विताउँछन्

क्षेत्रीय प्रशासन कार्यालय प्रमुख अधिकाँश समय कार्यालय बाहिर नै विताउने गरेका छन् । समग्रमा क्षेत्रीय प्रशासन कार्यालयले आफू मातहत रहेका कार्यालयलाई सरकारले जारी गरेको नीति निर्देशन लागु गर्न निर्देशीत गर्ने, शान्ति सुरक्षा, कार्यालयहरुको कामलाई सेवामुखी तथा मितव्ययी बनाउने, ढिलासुस्ती, लापर्बाही, भ्रष्टाचार लगायतका काम हुन नदिनु नै मुख्य जिम्मेवारी हो ।

तर यी कामहरुको सही रुपमा कार्यान्वयमा भने क्षेत्रीय प्रशासकले गरेको विरलै देख्न र सुन्न पाइन्छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा आउने अधिकाँश क्षेत्रीय प्रशासकहरु कार्यालय बाहिर बस्ने गरेकाले निमित्तकै भरमा कार्यसम्पादन हुने गरेको छ ।

off
विगत पाँच वर्षमा ६ जना क्षेत्रीय प्रशासकहरु फेरिएका छन् । तर उनीहरुको कम समय मात्रै कार्यालयमा वेतित भएको छ । ०६९ साल कार्तिक ३ गते क्षेत्रीय प्रशासकको जिम्मेवारी लिएर सुर्खेत आएका शारदा प्रसाद त्रिताल अवधिभन्दा कम मात्रै कार्यालयमा बसे ।

उनले त्यो अवधिमा सुर्खेतभन्दा काठमाडौंमा बढी समय खर्चिए र निमित्तकै भरमा कार्यालय सञ्चालन भयो । एक महिना ढिला ०७० साउन ४ गते ङइन्द्र प्रसाद उपाध्ययले क्षेत्रीय प्रशासक प्रमुखको जिम्मेवारी पाए । उनको अवधि पनि झण्डै ८ महिना १५ दिन थियो ।

तर उनी पनि त्यो अवधिमा कार्यालयमा नबसेको कार्यालयले बतयो । झण्डै पाँच महिना निमित्तको भरमा सञ्चालन भएको क्षेत्रीय कार्यालयको जिम्मेवारी ०७१ साल भदौमा विजयकुमार मल्लिकले पाए ।

मल्लिकले झण्डै पाँच महिना कामयमुकाय र ९ महिना क्षेत्रीय प्रशासकको जिम्मेवारी लिनु भएको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी शोभा अधिकारी बताउँछिन् ।

अन्य क्षेत्रीय प्रशासकभन्दा सवैभन्दा बढी कार्यालयमा बस्ने प्रमुख मल्लिक सर नै भएको सूचना अधिकारीको भनाई छ । लामो समयसम्म सुर्खेतमै विताएका मल्लिकको कार्याकालपछि तीन जना क्षेत्रीय प्रशासक फेरिएका छन् ।

यस्तै, मोहनकृष्ण सापकोटा ०७२ कार्तिक १६ गते क्षेत्रीय प्रशासकको जिम्मेवारी समाले । तर उनी एक महिना मात्रै सुर्खेतमा बसे । ०७२ पुसमा क्षेत्रीय प्रशासकमा शशिशेखर श्रेष्ठ आए ।

उनी पनि एक महिना पुगेपछि अवकाश पाए । अन्तत करिव ६ महिनापछि पुरुषोत्तम पौडेलले ०७३ असार अन्तिमा क्षेत्रीय प्रशासकको जिम्मेवारी पाए । पौडेलले पनि १७ दिन नपुग्दै अवकाश पाए ।

हाल क्षेत्रीय प्रशासन कार्यालयमा निमित्तको जिम्मेवारी नारायण प्रसाद सापकोटाले पाएका छन् । पाँच वर्षको अवधिमा ६ जना क्षेत्रीय प्रशासक फेरिनुको मुख्य कारण क्षेत्राधिकार कम हुनु र क्षेत्रीय प्रशासनभन्दा अकर्षण मन्त्रालयमा काम गर्दा राम्रो हुने भएकाले कार्यालयमा बस्न नचाहेको स्रोतले बतायो ।

क्षेत्रीय प्रशासक विशिष्ट श्रेणीको हुन्छ । स्रोतका अनुसार आफूसरहका साथी मन्त्रालयमै बसेर काम गर्ने र आफूले सीमित जिल्लाहरुका कार्यालयसंग समन्वय गर्नु पर्ने हिनातावोधले अधिकाँश समय कार्यालय बाहिरै विताउने गरेका छन् ।

क्षेत्रीय प्रशासकको रुपमा जिम्मेवारी पाएका अधिकाँश प्रमुखहरु पनि कार्यालयभन्दा विदामै बढी बस्ने गरेको रेकर्डले पुष्टयाइ गरेको छ । राष्ट्रिय योजना आयोग अन्तरगत २०५७ सालमा क्षेत्रीय प्रशासन कार्यालय स्थापना भएको हो ।

यो भन्दा अघि मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयको रुपमा रहेको थियो । पटक–पटक क्षेत्रीय प्रशासक फेरिनुले १५ जिल्लाकै कार्यालयहरुले गर्ने कार्यसम्पादन प्रभावकारी नहुने कार्यालयकै कर्मचारी बताउँछन् ।

क्षेत्रीय प्रशासकबाट मातहतका जिल्ला कार्यालयहरुको अनुगमन, विदेशी मुलुकसंग जोडिएका सिमाहरुको आवधिक निरिक्षण, कारागारहरुको अनुगमन लगायतका क्षेत्राधिकार तोकेको छ ।

वर्ष नपुग्दै फेरीने प्रमुखहरुबाट यस्ता कामहरुमा भने प्रभाव पर्ने तर्क अधिकारीको छ । ‘काम त रोकिएको हुँदैनन्, भएकै हुन्छ ।’ सुचना अधिकारी भन्छिन्,–‘अरु कर्मचारीहरुबाट काम कारवाही भएकै हुन्छ, तर प्रमुखले गर्नु र अरुले गर्नुमा केही भिन्नता भने हुन्छ ।’

ऐनमा निर्देशित सवै कामहरु कुनै पनि क्षेत्रीय प्रशासकले आफ्नो कार्यकालमा नगरेको रेकर्डले देखाएको छ । ‘कार्यालयमै प्रशासक बस्नु हुन्न कसरी काम पूर्ण हुनु ?’ स्रोत भन्यो ।

विशिष्ट श्रेणीको प्रशासकको अधिकृत सरको सोकीय सचिव, सरकारी गाडी, प्रहरी सहायक निरिक्षक अंग रक्षक र आवास सुरक्षाकर्मीको समेत सेवा सुविधा राज्यले दिएको छ ।

============================
यी हुन क्षेत्रीय प्रशासकका काम

राज्यका नीति र निर्देशन समन्वयात्मक तरिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन गर्ने

शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्ने

जिल्ला प्रशासन कार्यालयहरुको कार्य सञ्चालनमा रेखदेख र समन्वय गर्ने

क्षेत्रीय तथा जिल्ला कार्यालयहरुको कामलाई सेवामुखी र मितव्ययी बनाउने, ढिलासुस्ती, लापर्वाही, भ्रष्टाचार लगायतका गतिविधि हुन नदिने र कारवाही गर्ने

सरकारी तथा सार्वजनिक सम्पतिको संरक्षण, रेखदेख तथा मर्मत, सम्भार गर्ने

शान्तिसुरक्षा सम्बन्धि वस्तुस्थितिको यथार्थ जानकारी नियमित रुपमा सरकारलाई उपलब्ध गराउने

सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट आफ्नो क्षेत्रभित्र जोडिएको विदेशी मुलुकको सीमानाको आवधिक निरीक्षण गर्न लगाउने

सीमावर्ति क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्ने

दुईभन्दा बढी जिल्लाहरु बीच कायम रहेको सीमाना, बाटो, कुलो, पैनी, खानेपानी आदि सार्वजनिक सरोकारका विषयमा आपसी मतभेद निराकरणका गर्ने

दैवी प्रकोप, महामारी, भोकमरी जस्ता विषम परिस्थिति नियन्त्रण एव व्यवस्थापन गर्ने

कारागारहरुको नियमित निरीक्षण गर्ने र कैद माफीको सिफारिश गर्ने

जनताबीच मेलमिलाप र आपसी सद्भावद्वारा एकता कायम गर्ने

सरकारले दिएको आदेश तथा निर्देशन अनुसार अन्य काम गर्ने

============================