जाजरकोट—डोल्पा सडक खण्डको खगेनकोट बगर—तल्लुबगर सडकमा यातायात सेवा बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । रुटपरमिट नभएको भन्दै स्थानिय प्रशासनले यातायात संचालनमा रोक लगाएपछि मंगलवार देखी त्यस सडक खण्डमा यातायात सेवा बन्द भएको छ ।
जाजरकोट – डोल्पा सडकको खगेनकोट बगर— तल्लुबगरसम्मको खण्डमा संचालन हुदै आएका १२ ओटा जीप र ५ ओटा ट्याक्टरलाई चल्न रोक लगाएको जाजरकोट प्रहरीले जनाएको छ । विभागको अस्थायी अनुमती समेत नभएको उक्त कच्ची सडकमा ब्यबशायीले ५ बर्ष देखि यातायातका साधन संचालन गरेर मनपरी भाडा अशुल्दै आएका थिए ।
स्थानीयको ब्यापक गुनासोको आएपछि अवैद्य रुपमा संचालनमा आएका साधनमा रोक लगाएको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए । यातायात सेवा बन्द गरिएपछि यात्रुहरु मर्कामा परेका छन् । यात्रुहरु घण्टौ पैदल हिड्न बाध्य भएका छन् ।
सडकको बगरा हुदै तल्लुबगर खण्डमा भेरी गंगा ब्यबशायी समिति, सिस्ने हिमाल ब्यबशायी समिति र रुकुम प्रालिका जीव तथा ट्याकटर संचालन हुदै आएका थिए । ती ब्यबशायीले २२ किलोमीटर दुरीको उक्त खण्डमा ४ सय भाडा अशुल्दै आएका थिए । विभागबाट अस्थायी रुट प्रमीट भएपनि नल्याएसम्म यातायातका साधन संचालन हुन नदिने बोहरो बताए ।
निर्माण तथा खाद्य सामग्री बोक्ने ट्याक्टरले समेत ३०-३५ जना यात्रुलाई जोखिमपुर्ण तवरले चढाउने गर्दा पनि समस्या भएको थियो । यस सडक खण्डमा पटक पटक दुर्घटना हुदा २ यात्रुको मृत्यु हुनुको साथै डेड् दर्जन घाईते भएको थिए ।
विभागको अनुमती विना नै यातायात संचालन भएपनि यात्रुलाई त सुविधा भएको थियो । तर बढ्दो जोखिम र यात्रुको सुरक्षा लगाएत नहुने देखिए पछि गुनासो बढेको प्रहरीले जनाएको छ ।
जिल्लाका आधा दर्जन मौसमी सडकमा अनुमती विना नै यातायातका साधन संचालन हुने गरेका छन् । जाजरकोट – डोल्पा सडककै रुकुमको छेपारे राडीजिउला र छहरी त्रिबेणी खण्डमा भने विभागको अनुमती विना नै यातायातका साधन संचालनमा आएका छन । त्यस खण्मा ब्यबशायीले चर्को भाडा अशुल्दै आएका छन, तर डोल्पा र रुकुम प्रशासन भने मौन रहेको छ ।