☰ open Loading... 24 November 2024|  

मध्यपहाडी राजमार्गमै राजनीति
  | ९ भाद्र २०७३, बिहीबार १६:४०

आ–आफ्नो पायक पर्ने स्थानबाट सडक लैजाने दबाब बढेपछि राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको रेखांकनमै समस्या सिर्जना भएको छ । रेखांकनमा विवाद बढेपछि पश्चिम खण्डको दैलेख, जाजरकोट लगायतका जिल्लामा आयोजनाले गति लिन नसकेको हो ।

राष्ट्रिय यातायात नीति ०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा नेपालको मध्यपहाड हुँदै पूर्व–पश्चिम जोड्न सडक निर्माण गर्न योजना अनुरुप सरकारले आव ०६४- ६५ देखि पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नामाकरण गरी आयोजना कार्यान्वयनमा ल्याएको हो ।

==============================

स्थानीयले राजनीतिक संरक्षण पाएकै कारण राजमार्गको सिमाकंनमा समस्या भएको हो । दलका नेताहरुले आफू अनुकुल सडक निर्माण गर्न खोज्नु र स्थानीय प्रशासन लाचार हुँदा सडक निर्माणले गति लिन सकेको छैन् ।

==============================

यसबाट मध्यपहाडका २५ जिल्लाका २ सय १५ बस्ती जोडिँदैछन् । १७ सय ८६ किमी कूल लम्बाई रहेको राजमार्गको निर्माण आव ०७७÷७८ मा सम्पन्न गर्ने लक्ष्य छ ।

स्थानीयले राजनीतिक संरक्षण पाएकै कारण राजमार्गको सिमाकंनमा समस्या भएको हो । दलका नेताहरुले आफू अनुकुल सडक निर्माण गर्न खोज्नु र स्थानीय प्रशासन लाचार हुँदा सडक निर्माणले गति लिन सकेको छैन् ।

मध्यपहाडी राजमार्गको अछामको कालिकास्थान सडक खण्ड ।
मध्यपहाडी राजमार्गको अछाम कालिकास्थान सडक खण्ड ।

दैलेख सदरमुकाम प्रवेश गराउने विषयमा उत्पन्न विवाद अझैं सुल्झिन नसकेको आयोजनाको पश्चिम खण्ड कार्यालयले जनाएको छ । पश्चिम खण्ड प्रमुख सूर्यबहादुर भाटले लम्जुङको सुन्दरबजार, दैलेखबजारमा रेखांकनको विषयलाई लिएर अनावश्यक विवाद उत्पन्न हुँदा आयोजनाले गति लिन नसकेको बताए ।

‘लोहोर चुप्रा हुँदै पश्चिम लैजाने की लोहोरे, दैलेखबजार हुँदै लैजाने भन्नेमा विवाद छ’ उनले भने, कतिपय स्थानमा रेखांकन, मुआब्जाका विषय जटिल बनेका छन् ।’ उनले सामान्य विवादसमेत अदालतसम्म पुग्दा निर्माण कार्य प्रभावित हुन पुगेको बताए ।

==============================

राष्ट्रिय यातायात नीति ०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा नेपालको मध्यपहाड हुँदै पूर्व–पश्चिम जोड्न सडक निर्माण गर्न योजना अनुरुप सरकारले आव ०६४- ६५ देखि पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नामाकरण गरी आयोजना कार्यान्वयनमा ल्याएको हो ।

==============================

लामो समयदेखि दैलेख सदरमुकामलाई छुनुपर्ने विषयमा विवाद कायमै छ । आयोजनाका प्राविधिकहरु सदरमुकाम प्रवेश गराउन तयार छैनन् । सडक लम्बाई बढ्ने, मुआब्जा बढी दिनुपर्ने, पर्याप्त सडकका लागि जग्गा उपलब्ध नहुने समस्याले गर्दा दैलेख सदरमुकाम लैजान नसकिने आयोजनाको भनाई छ ।

दैलेखको जम्बुकाँधमा पनि अनावश्यक रुपमा सडक लम्बिएकाले त्यसलाई छोट्याउन दबाब परेको छ । राजमार्गको मापदण्ड ख्याल नगरेर स्थानीयबासीले आफू अनुकूल सडक लैजान दबाब दिने गरेकाले प्राविधिकलाई सर्भे गर्न समेत सकस हुने गरेको छ । राजमार्ग सडकको मूल बिन्दुदेखि २५–२५ किमी दायाँ–बायाँ हुनुपर्नेछ ।

ठेक्का लिएर पेटी ठेकेदारमार्फत निर्माण गराइरहेका कम्पनीको निगरानी गरेपछि आयोजनाको कामले केही गति लिएको आयोजनाका प्राविधिक जगविर साहले दाबी गरे ।

उनका अनुसार गत आवमा कारबाही गर्ने चेतावनीपछि ७ वटा निर्माण कम्पनी काममा फर्किए । हाल पश्चिम खण्डमा १२ वटा ठेक्काको काम भैरहेको छ । तोकिएको सम्झौता अनुसार काम गर्न नसक्ने दुई कम्पनीसंग ठेक्का तोड्ने तयारी भैइरहेको आयोजनाले जनाएको छ ।

मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना पश्चिम खण्ड तुल्सीपुरका अनुसार पश्चिम खण्डको १ हजार ९७ किमीमध्ये आयोजना सुरु हुनु पूर्व ३ सय ३७ किमी कालोपत्रे भैसकेको थियो ।

बाँकी ७ सय ६० मध्ये ३७ किमी कालोपत्रे गरिएको छ । आव ०७२÷७३ मा २ सय ८८ किमी कालोपत्रे गर्न सम्झौता भैसकेको थियो । ४ सय ३५ किमी सडक कालोपत्रे गर्ने कार्यको विस्तृत अध्ययन भई छिटै टेण्डर आव्हान गर्ने लक्ष्य रहेको आयोजना प्रमुख भाटले जनाए ।

हाल नुवाकोट, गोरखा, लमजुङ, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख र अछाम जिल्लाका विभिन्न स्थानहरुमा सडक चौडा गर्ने, टेवा–पर्खाल लगाउने नाली निर्मँण गर्ने, कल्भर्ट निर्माण, ग्राभेलिङ गर्ने, कालोपत्रे गर्ने, सडक सुरक्षा तथा बायो इन्जिनियरिङसम्बन्धी कार्य भैरहेको छ ।

गत आवमा ८ वटा पुल, ७ किमी कालोपत्रे, १ सय ६३ वटा पुलेसा, पाइप, कल्भर्ट, कजवे, पक्की नाली १७ किमी, टेवा–पर्खाल १२ किमी र ब्याक कटिंङ १ सय २४ किमी निर्माण सम्पन्न भैसकेको छ ।

त्यस्तै, आयोजनाको पश्चिम खण्डले चालू आवमा ९ पुल, ४५ किमी कालोपत्रे, २० किमी ब्याक कटिङ, ५ किमी पर्खाल, ४१ किमी पक्की नाली निर्माण, ८२ किमी कल्भर्ट कजवे निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

इन्धन अभाव, क्रसर सञ्चालनमा रोक, प्राविधिक जनशक्तिको कमी, निर्माण सामाग्रीको अभाव जस्ता कारणले पनि निमाण कार्यमा असर पुगेको बताइएको छ ।