☰ open Loading... 26 July 2024|  

आंगिक क्याम्पस बनाउन दौडधुप
  | ९ भाद्र २०७३, बिहीबार १८:४८

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अछाम जिल्लाको शैक्षिक, आर्थिक र भौतिक विकासका लागी आफु सकारात्मक भएको वताएका छन् । अछाम बहुमुखी क्याम्पसलाई सुदुरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन डेलिगेसनसहित काठमाडौ गएको टोली समक्ष यस्तो बताएका हुन् ।

प्रधानमन्त्री कार्यालय काठमाडौं पुगेका अछाम बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष पदम वोहराका अनुसार माग पत्र वुझाएको छ । टोलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि उनकै निवास पुगेर अछाम क्याम्पसलाई आंगिक क्याम्पस बनाउन सहयोग गरिदिन अपिल गरेको अध्यक्ष बोहराले बताए ।

यही १५ गते बस्ने सिनेटबाट विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन पहल गर्ने प्रतिबद्धता प्रधानमन्त्री र काँग्रेस सभापति देवाउले जनाएका छन । काठमाडौं जानु अघि टोलीले मंगलवार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति र विश्वविद्यालयका अनुदान आयोगका अध्यक्षलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो ।

अछाम क्याम्पसलाई आंगिक क्याम्पस बनाउ जिल्लाका अगुवाहरुले पहल जारी राखेको बताएका छन् । अछाम बहुमुखि क्याम्पसमा ५ सयबढी विद्यार्थी अध्ययनरत छन ।

ज्ञापनपत्र बुझाउने टोलीमा क्याम्पस संञ्चालक समितीका अध्यक्ष पदम बहादुर बोहरा, क्याम्पस संञ्चालक समिती सदस्य नम बहादुर शाही, लोक बहादुर बोगटी, क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर, माओवादि केन्द्रका अध्यक्ष दिपक साउद, पुर्व संञ्चालक समिती अध्यक्ष पुष्प बहादुर शाह, सांसद भरत साउद, जानकी साउद, पर्व सांसद राम बहादुर विष्ट, नेता बल बहादुर कुवर, झकर साउद, लक्ष्मण शाह, एमाले युवा नेता भिम बहादुर रावल कालोटोपि, रविन्द्र शाही, गोकर्ण रावल, डिबी साउदको सहभागिता रहेको अछाम क्याम्पस सहायक क्याम्पस प्रमुख धुव्र कुमार शाहीले जानकारी दिए ।

हाल अछाम जिल्लामा ६ वटा क्याम्पस संञ्चालनमा रहेका छन ।