☰ open Loading... 24 November 2024|  

स्ववियु अध्यक्षमा झक्कबहादुर शाही निर्वाचित (नामावली हेर्नुहोस्)
  | १३ भाद्र २०७३, सोमबार २२:५४

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको स्ववियु अध्यक्षमा नेविसंघका झक्कबहादुर शाही निर्वाचित भएका छन् । ५०४ मत ल्याएर उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

स्ववियु अध्यक्षमा निर्वाचित नेविसंघका झक्कबहादुर शाही र अनेरास्ववियुका भरतबहादुर शाही ।
स्ववियु अध्यक्षमा निर्वाचित नेविसंघका झक्कबहादुर शाही र सचिवमा अनेरास्ववियुका भरतबहादुर शाही ।

उनका प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका राजेन्द्र बुढाले ४६४ र अनेरास्ववियुका प्रभात पोखरेलले ३९२ मत ल्याएर पराजित भएका छन् ।
सचिवमा अनेरास्ववियुका भरतबहादुर शाहीले५३३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी नेविसंघका सन्तोषकुमार उपाध्याय४७६ र अखिल क्रान्तिकारीका रवि केसीले २९८ मत ल्याएर पराजित भएका छन् ।

यस्तै, कोषाध्यक्षमा नेविसंघका सुशील भट्टराईले ५६२ मत ल्याएर विजयी भएका छन् । तर अखिल क्रान्तिकारीका जानकी रेग्मीले ३४१ र अनेरास्ववियुका अनु आँकुराले ४२० मत ल्याएर पराजित भएकी छन् ।

सदस्य भने नेविसंघको वर्चश्व कायम रह्यो । सदस्यहरुमा निशान्त खत्रीले ५०८ ,दिपकराज विसीले ५१२, हरीबहादुर थापाले ५३८, वर्षा केसीले ५९८, पुरुषोत्तम जैसीले ४७०, विश्वराज भट्टराईले ४७९ र धिरेन्द्र हमालले ४९९ मत ल्याएर निर्वाचित भएका छन् ।

प्रत्यक्षतर्फ १० पदका लागि ८ विद्यार्थी संघ संगठनका ६९ जना चुनावी मैदानमा थिए । स्ववियु निर्वाचनमा एक हजार ४८० मत खसेको थियो ।