
यसै वर्षको तीज गीत कलेजीमा पानी सलल……….बाट आफ्नो सांगीत यात्रा तय गरेकी पार्वती ठाडामगरले सुर्खेतीलाई शनिबार मज्जैले नचाईन् ।

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको घण्टामगरमा शनिबार भएको तीज विशेष कार्यक्रममा उनले आफ्नो चर्चित गीत कलेजीमा पानी सलल…. गाएकी थिईन् ।
सुर्खेती गीतकार र कुशल लय शव्द संकलक हरि विष्टको पानी सलल.. गीतले नै भावना एकाएक चर्चाको शिखरमा पुगेकी हुन् । सुर्खेती जन्मथलो भएकी भवनाको कलेजीमा पानी सलल….गीत चर्चित बनेको छ ।
यति मात्र उनले भर्खर मात्र काठमाडौंमा सम्पन्न छाँयाछवि क्रियशनले आयोजना गरेको तीज अवार्ड पनि हात पारेकी छन् ।
क्रिस्टियानो म्यूजिक प्रा.लि.ले आयोजना गरेको तीज विशेष समारोहमा उनै नव उदय भएकी गायिका पार्वतीले घण्टाघरमा सुर्खेतीलाई मनोरञ्जन दिईन् । निकै चर्चामा रहेको कलेजीमा पानी सलल….को भिडियो र स्वर सुनेका तथा हेरेका सुर्खेतीले उनैलाई प्रत्यक्ष हेर्ने मौका पनि पाए ।

सुर्खेतकै चेली तथा चर्चिच मोडल दिपाशा विसीले पनि आफ्नो कुशल नृत्य प्रस्तुत गरेकी थिईन् । दर्जन बढी भिडियोमा नृत्य कैद गरि सकेकी दिपाशाले तीन गीतमा नृत्य देखाएकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय कलाकार भावना गिरीले पनि मज्जैले सुर्खेतीलाई नचाईन् । आफ्ना चर्चित तीज गीतबाट स्टेज प्रवेश गरेकी गायिका भावनाले उराठ लाग्दो गर्मीमा सुर्खेतीलाई नचाउन सफल भईन् ।
कार्यक्रममा राष्ट्रिय कलाकार तुलसी घर्तीमगर, गोपाल जिएम लगायत स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए ।