☰ open Loading... 26 July 2024|  

छाउपडी अन्त्य गर्न देउडा गीत अभियान
  | २२ भाद्र २०७३, बुधबार १३:११

मुगुमा कायमै रहेको कुप्रथा छाउपडि नियन्त्रण गर्न देउडा गीत अभियान शुरु गरिएको छ । छाउबस्दा महिलाहरुले भोग्नु परेका समस्याका विषयमा देउडा गीतबाट अभियान थालिएको हो ।

mugu pp
जिल्लाका पीना गाविसको –५ बालै बगरमा देउडा गीत प्रतियोगिता समेत गरिएको छ । पीना गाविस स्तरिय छाउपडि निगरानी समितीको आयोजनामा यो अभियानलाई अघि बढाइएको जनाइएको छ ।

कर्णालीको मुगुसहित मध्य र सुदूर पश्चिमका बिभिन्न जिल्लाहरुमा कायमै रहेको छाउपडी प्रथाको अन्त्य गर्न गीत मार्फत सन्देश प्रवाह गर्ने उदेश्यले सञ्चालन गरेको समितिले जनाएको छ ।

एक गैर सरकारी सस्था हिमाली युवा समाज बिकास केन्द्र (हिरिस्डेक) मुगुले आफ्नो कार्यक्षेत्र भएका जिल्लाका ६ वटा गाउँ बिकास समितीहरुमा छाउपडि सम्बन्धि गाविस स्तरिय निगरानी समिती पनि गठन गरेको छ ।

निगरानी समितिबाट छाउपडी उन्मुलनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको केन्द्रको दावी छ ।