☰ open Loading... 28 February 2024|  

बजारमा आउँदै ‘रातो टिका जमारा लाउँ है पियारी’
  | २३ भाद्र २०७३, बिहीबार १०:५७

मेरो हजुर, आउनुहोस् घर
संगै मनाऊ यो दशै तिहार ।।
बसेकीछु रुदै पर्खेर
जसो तसो दशैँ तिहार मनाऊला
आउनुहोस पियारा छिटै फर्केर ।।

विदेशीका युवाहरुको व्यथा समेटिएको दशैँ तिहारको मर्म स्पर्शी शव्दको नयाँ गीति एल्वम बजारमा आउने भएको छ । दैलेखी गायिका सपना शाहीको स्वरमा दशैँ तिहारलाई लक्षित गर्दै नयाँ गीत बजारमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको हो ।

dashain song
मुलतः प्रदेशी नेपालीहरुको पीडा उजागर गरेको गीतको बोल ‘रातो टिका जमरा लाऊ है पियारी’ रहेको छ ।  गीतमा सपना शाही र अर्जुन तमाङ घिसीङले स्वर दिएका छन् । तर शब्द सजिना लामिछाने, लयमा अर्जुन तमाङ घिसीङ र कृष्ण लामिछानेको छ ।

सम्मान म्युजिकले बजार ब्यबस्थापन गरेको छ । असोज पहिलो हप्तादेखि गीत बजारमा आउने गायिका सपना शाहीले जानकारी दिएकी छन् । उनका अनुसार श्रीमान विदेशहुँदा श्रीमतिले घर फर्कन आग्रह गरेको भाव यो गीतमा उतारिएको छ ।