एकदशक लामो द्वन्द्वको मारमा परेको अछामको तुर्माखाँद शान्ती पश्चात समृद्धितिर लम्कदै गएको छ । बाह्रबुँदे समझदारी पत्र र बृहतशान्ती सम्भाmैता पश्चात द्वन्द्वमा परेको तुर्माखाँद समृद्धितिर लम्कने हो ।
तत्कालिन समयमा कतिखेर के हुने हो भनेर चिन्तामा पिरोलिने मिना होटल सञ्चालक पम्फा विसी शान्ती पश्चात तुर्माखाँदको विकास हुन थालेपछि द्वन्द्वका घाउमा मलम लागेको बताए ।
‘त्यतिवेला माओवादीका कार्यकर्ताले होटलमा सकेट बम सहित छोडेर जान्थे । कतिखेर के हुने भन्ने चिन्ता लाग्थ्यो । तुर्माखाँदले विकासतिर फड्को मारेकाले द्वन्द्वका पिडा विर्सियौं ।’ उनले भने ।
उतिवेला तुर्माखाँदमा मिना होटल बाहेक अन्य व्यापारी थिएन । एउटा मात्र होटल भएकाले माओवादी लगायत अन्य हिडडुल गर्ने आन्तरिक वा वाह्रयपर्यटक सोही होटलमा भोक मेटाउनु पथ्र्यौ ।
फाट्फुट कहिल्यै काही मानवअधिकारी,पत्रकार नातागोता भेटघाट बाहेक अरु कोही आउदैन थिए । माओवादी मिलेसिया जनमुक्तिसेना,माओवादी नेता कार्यकर्ताको दिनुँह घुइचो लाग्थ्यो । कहिले कोही कहिले कोही ।
कालिकाश्वरी उमाविमा विद्यालय पढाई हुन्थ्यो तर सरकारी किताब होइन । माओवादीले जे भने त्यही । विद्यालय वरपर प्रशस्त बंकर थिए । विद्यार्थी खेल्ने विद्यालयको प्राङ्गणमा मिलेसिया जनमुक्ति सेनाले परेड खेल्थे । विहानीको प्राथनामा माओवादीकै गीत गाउनु पथ्र्यौ, शिक्षक मनबहादुर वयकले पिडा सुनाए ।
शान्ती पश्चात भने अछामको तुर्माखाँद विकासतिर लम्कदै गएको छ । एक दशपछि तुर्माखाँदमा द्वन्द्वका बेला विदेशीएका मानिस घर फर्कि व्यापार व्यवसाय गरेका छन् । एक्लो रहेको मिना होटल एक्लो छैन । दुई तीनसय व्यापारी छन् ।
कृषि सेवा,पशु सेवा,स्वास्थ्य,शाखा रहित इन्भेष्ट बैंक,अस्थायी प्रहरी पोष्ट गरि पाँचवटा सरकारी इलाका कार्यालय स्थापना भइसकेका छन् । सधै माओवादीका जनमिलेसिया परेड खेल्न कालेकाश्वरी उमाविमा विद्यार्थी पिटी खेलेर शान्तीको अनुभुति लिइरहेका छन् ।
विद्यार्थी विहिन बन्दै गइरहेको स्कुलमा कक्षा १ देखी १२ सम्म सातसय विद्यार्थीले अध्ययन गरिरहेका छन् । दुई वटा बोर्डिङ स्कुलको सञ्चालनमा छन् भने तीनवटा सहकारीसँस्था स्थापना भई कारोबारो सञ्चालन गरेका छन् ।
कम मुल्यमै घरबार दिने ठाउँमा जग्गाको मुल्य बढेर प्रतिमिटर ३५ देखी ४० हजारमा विक्रि हुने महिला बहुउद्देश्यीय सहकारीकी अध्यक्ष छत्रकला बयकले जानकारी दिए ।
‘कहिले शान्ती होला र विकास होला भनेर हाम्रा सपना शान्ती पश्चात पुरा हुदै गएका छन् । जिल्ला सदरमुकामसँग सडकले जोडेको चिसी खोलाबाट सात किलोवाटको हाइड्रोपावर निकालिएको छ ।’,उनले थपे ।
द्वन्द्वले गर्दा नै आफु नेतृत्व लिने सक्ने भएकाले सहकारीको अध्यक्ष पदमा बसी कामकाज गर्न थालेको दाबी गर्नुभयो । तीनवटा सहकारी मध्ये दुई सहकारीमा महिलाकै नेतृत्व छ । द्वन्द्वले पनि केही दिएको छ ।
‘हाम्रोे नराम्रो कुराको बढी व्याख्या गर्नै बानी भएकाले नराम्रो कुराले प्रशय पाएको हो ।’ उनले थपे ।
शान्ती र सडक सञ्चाल पश्चात तुर्माखाँदमा भएको बजारको विस्तार । द्वन्द्वको बेला व्यापारी विहिन बनेको अछामको तुर्माखाँद भने शान्ती पश्चात विकास तिर लम्कदै गएको छ ।
स्रोत गोरखापत्र