| २८ भाद्र २०७३, मंगलवार ०८:२५
सुर्खेतमा प्रदेश स्तरको मेडिकल कलेज स्थापनाका लागि जग्गाको खोजी गर्न प्राविधिक समिति बनाइने भएको छ । मेडिकल कलेज स्थापना गर्नका लागि सम्भाव्यताको प्रतिवेदनसहित भौतिक पूर्वाधारका आधारहरु पेश गर्ने जिम्मा पाएको प्रारम्भीक समितिले जग्गाको खाजी गर्न छुट्टै प्राविधिक समिति बनाउन लागेको खवर नयाँ नेपाल दैनिकले छापेको छ ।
पहिलो चरणमा स्थानीय सरोकारवालाहरुसंग जग्गाका लागि छलफलमा प्रस्ताव भएका जग्गाहरुको अध्ययन गर्न अव प्राविधिक समिति पनि निर्माण गरिने समितिका संयोजक जीतबहादुर रानाले बताए ।
संयोजक रानाले अहिलेसम्म जग्गाका विषयमा र मेडिकल कलेज निर्माणलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको भन्दै अब जग्गाको पनि टुङ्गो लगाएर प्रतिवेदन पेश गरिने बताए ।