☰ open Loading... 19 April 2024|  

 बकर इद मनाइदैँ
  | २८ भाद्र २०७३, मंगलवार ०८:३७

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् ।

इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली जामे मस्जिद घन्टाघरका मोहम्मद खुर्सिदले बताए ।

Mushlim Offering Namaj on the Occasion Of Eid -Ul Fittar at Kotla Mubaraq Stadium In New Delhi on 29-07-14. Pix BY UB photos

यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औँ महिना जिल हिज्जाको १०औँ तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको मस्जिदका सहसचिव अब्दुल समिनले बताए ।

आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।

नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।

कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ ।

मुस्लिम समुदायको बकर इदका अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।