☰ open Loading... 23 October 2024|  

उपचार गर्न डा. गोविन्द केसी सुलिचौर पुगे
  | २९ भाद्र २०७३, बुधबार १०:३१

रोल्पाको ग्रामीण भेगका जनताको उपचार गर्ने भन्दै डा.गोबिन्द के.सी. रोल्पा आइपुगेका छन् । झोलामा केही औषधी बोकेर मंगलबार रजाधानी काठमाडौंबाट हिडेका केसी बुधबार र बिहिबार रोल्पाको सुलिचौरमा शीविर सञ्चालन गर्ने छन् ।

rolpa
सहयोगी बिना नै मंगलबार साँझ सदमुकाम लिबाङ आईपुगेका केसी लिबाङ स्थित एक होटेलमा बास बसेका थिए । तर उनी आज (बुधबार) बिहानै बसमा चढेर शीविर सञ्चालन गर्न सुलिचौर गएका छन् ।

झोलामा केहि औषधी बोकेर रोल्पा आइपुगेका डा. केसीलाई रोल्पाका संघ संस्था र जिल्ला अस्पतालबाट सहयोग अपेक्षा राखेको बताइएको छ ।

चिकित्सा क्षेत्रको विकृतिविरुद्ध लामो समयदेखि संघर्षरत चिकित्सक डा. केसीले आफ्ना माग प्रति सरकारले वेवास्ता गरेको भन्दै असोज ३ गतेबाट फेरि अनसन बस्ने घोषणा यस अघि नै गरिसकेका छन् ।