☰ open Loading... 30 May 2024|  

संविधान के का लागि संशोधन गर्ने : भीम रावल
  | ३१ भाद्र २०७३, शुक्रबार १३:३४

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधान संशोधनका विषयमा स्पष्ट धारणा आउनुपर्नेमा जोड दिएका छन् ।

बुद्धिजीवी परिषद् कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीति र संविधान कार्यान्वयनका चुनौती विषयक गोष्ठीमा उहाले संविधान संशोधन केका लागि हो स्पष्ट पार्नु पर्ने आवश्यकता औंल्याए ।

संविधानको कुन धाराले कुन समुदाय, कुन जाती र वर्गको अधिकार कुण्ठित गरेको छ त्यस विषयमा स्पष्ट पारियोस् एमाले त्यसका लागि पछि हट्दैन नेता रावलले  भने ।

नेकपा एमाले नेतृत्वको सरकारले लोकप्रिय बजेट ल्याएपनि बाह्य शक्तिको चलखेलका कारण सरकार ढालिएको दाबी गर्दै  उनले भने–‘अहिले पनि बाह्य शक्ति संविधान असफल बनाउने तर्फ सक्रिय भएर लागेका बेला जनता चनाखो हुनुपर्ने बेला आएको छ ।’