☰ open Loading... 24 November 2024|  

सुपथ मुल्यको पसलमा ग्राहकको भीड
  | २ आश्विन २०७३, आईतवार १७:२४

साल्ट ट्रेनिङ्ग कर्पोरेशन लिमिटेड शाखा सुर्खेतले सहुलियत सुपथ मुल्यको पसल सञ्चालन गरेको छ । दशैँ, तिहार र छट पर्वलाई लक्षित गर्दै वीरेन्द्रनगरमा शाखाले सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।

साल्ट ट्रेनिङ्गले चीनी र नुन सुपथ मुल्यमा विक्री शुरु गरेको छ । आईतबारदेखि शुरु भएको सुपथ मुल्य पसलको पहिलो दिन झण्डै ४ सय ५० जनाले चीनी र नुन खरिद गरेको शाखा सुर्खेतका प्रमुख आनन्दकुमार न्यौपानेले जानकारी दिए ।

supatha-mulle
आईतबारदेखि शुरु भएको सुपथ मुल्यको पसलमा चीनी र नुन किन्न पुगेका ग्राहकहरुको भीड ।

बजार मुल्यभन्दा शाखाले दिएको चीनीको मुल्यमा ११ रुपैयाँ र नुनमा २ रुपैया सस्तो छ । प्रतिव्यक्ति ६ किलो चीनी र ३ किलोसम्म नुन किन्न पाउने नियम रहेको शाखा प्रमुख आचार्यको भनाई छ ।

साल्ट ट्रेनिङ्ग सुर्खेतले चीनी प्रति किलो ७९ र नुन प्रतिकिलो १६ रुपैयाँमा विक्री गरिरहेको छ । शाखाले हरेक वर्ष चाडपर्वको समयमा सुपथ मुल्यको पसल सञ्चालन गर्दै आएको छ ।

सुपथ मुल्यको पसल आगामी कार्तिक २१ गतेसम्म सञ्चालन हुनेछ । सार्वजनिक विदाको दिनबाहेक अन्य समयमा नियमित चीनी र नुन विक्री गर्ने प्रमुख आचार्यले बताए ।

गत वर्ष मात्रै एक हजार २ सय क्वीन्टल चीनी र ६ सय क्वीन्टल नुन विक्री गरेको प्रमुख आचार्यले जानकारी दिए । उनले यो वर्षमा ग्राहकहरुको संख्यामा वृद्धि हुने बताए ।