☰ open Loading... 19 September 2024|  

अहिलको संविधान महिलामैत्री छ : ढकाल
  | २ आश्विन २०७३, आईतवार १८:२१

विगतका अन्य संविधानभन्दा २०७२ सालमा जारी भएको संविधान महिलामैत्री भएको अखिल नेपाल महिला संघ सुर्खेतका अध्यक्ष मोहनमाया ढकालले बताएकी छन् । क्रियाशील पत्रकार महिलाहरुको संगठन डब्लुडब्लुजेले आइतबार वीरेन्द्रनगरमा गरेको ‘संविधानमा महिला अधिकार, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा ढकालले यस्तो बताएकी हुन् ।

mohan-maya

संविधान दिवसको अवसर संगठनले गरेको अन्तरक्रियामा ढकालले धेरै वर्ष पछिको मेहनत तथा विभिन्न आन्दोलनले मात्र महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न सफल भएको उल्लेख गरिन् ।

धेरै वर्षदेखी पछाडी पारीएका महिलालाई अगाडी बढाउन, उनीहरुलाई साथ दिन तथा हरेक क्षेत्रमा महिला पुरुषको समान सहभागिता कायम गर्न संविधानले सहयोग गर्ने उनको भनाई छ ।

संविधानमा व्यवस्था भएका कुरा कार्यान्वयन गर्न सके मात्र महिला र पुरुष बीचको विभेद हटेर समान समाज निर्माण हुने धारणा राखेकी ढकालले हाम्रो समाज पुरुषप्रधान भएकाले अझैपनि महिलाको नेतृत्व स्वीकार्य नभएको तर्क राखिन् ।

रेडियो नेपालमा कार्यरत डम्मर आचार्यले संविधानमा महिलाको अधिकार सुनिश्चित गरिएपनि कतिपय महिलालाई संविधानबारे जानकारी नहुनाले उनीहरुले अधिकार लिन नसकेको बताईन् ।
कतिपय महिलाले संविधानबारे जानकारी भएर पनि सामाजिक संस्कारकै कारणले आफ्नो अधिकार लिन नसकेको तर्क आचार्यको छ ।

कार्यक्रममा डब्लुडब्लुजे सुर्खेत शाखाका अध्यक्ष मुना हमालले संविधानमा भएका महिला अधिकारबारे जानकारी गराउन हरेक पत्रकारको भुमिका महत्वपुर्ण रहने बताइन् । कार्यक्रममा सुर्खेतमा क्रियाशील पत्रकार र महिलाहरुको उपस्थिति थियो ।