☰ open Loading... 7 September 2024|  

३३ हजार नगदसहित पाँच जुवाडे पक्राउ
  | २ आश्विन २०७३, आईतवार १८:५१

प्रहरीले आइतबार पाँच जना जुवाडेलाई रङ्गेहात पक्राउ गरेको छ । दाङको घोराही नगरपालिका वडा नं. ११ निवासी लिलाराम डाँगीको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ३३ हजार ७ सय ९० रुपैयाँ नगद सहित उनिहरुलाई प्रकाउ गरेका जनाएको छ । प्रकाउ पर्नेमा लिलाराम डाँगी, हरि बहादुर डाँगी, मोती बहादुर डाँगी, बेगम खत्री र झुप्पल के.सी. छन ।

वडा प्रहरी कार्यालय घोराहीका प्रमुख सुर्य बहादुर थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाइ प्रकाउ गरेको हो ।