☰ open Loading... 19 September 2024|  

कतै दीपावली, कतै सुनसान
  | ३ आश्विन २०७३, सोमबार १९:५३

सन्र्दभ संविधान दिवस

लामो संघर्षपछि गत वर्ष (असोज ३ गते) नयाँ संविधान निर्माण भयो । संविधान घोषणाहुँदा कतै धेरैमा खुसी छाएपनि मधेस केन्द्रीत दल अन्दोलनमा होमिए ।

संविधान घोषणा भएको एक वर्ष पुगेको छ । दशैभरी नै दिवसको अवसरमा दिपावली गर्न राष्ट्रिय मुल समारोह समितिले आफू मातहतका निकायलाई निर्देशन र राजनीतिक पार्टीलाई अनुरोध गरेको थियो ।

p1-copy

तर सुर्खेतमा नेकपा एमाले बाहेक अन्य दलले दिपावली नै मनाएनन् । साँझ छिप्पिदै जाँदा वीरेन्द्रचौक र एमाले पार्टी कार्यालयमा झिलिमिली बनेपनि सत्तामा रहेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सुर्खेतस्थित पार्टी कार्यालय सुनासन थिए ।

मध्यपश्चिम विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियन र वीरेन्द्रनगर जुनियर जेसीसले वीरेन्द्रचौकमा भव्य रुपमा दिप प्रज्वलन गरे । यस्तै, नेकपा एमाले सुर्खेतको पार्टी कार्यालयमा पनि एमाले नेता तथा कार्यकर्ताहरु संविधान दिवस लेखेर नै दिपावली मनाए ।

p2-copy

एमाले पार्टी कार्यालय निजिकै रहेको माओवादी केन्द्र र नेपाली काँग्रेसको पार्टी कार्यालय सुनसाननै थियो । बाटोमा हिड्ने बटुवाहरु ‘एक दलको मात्रै संविधान रहेछ की क्या हो ! कतै खुसीयाली कतै सुनासन छ त ।’ भन्दै कुरा कटिरहेका थिए ।

यता, नेपाली काँग्रेस सुर्खेतका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती नारायण कोइरालाले ढिलै भएपनि दिपवाली मनाउन लगाएको प्रतिक्रिया दिए । उनले जिल्लास्थित नेताहरु अधिकाँश काठमाडौं आएकाले अहिले (सोमबार साँझ ७ बजेपछि) दिपावली गर्न लागेको प्रतिक्रिया दिए ।

p3-copy

यो समाचार तयार पर्दासम्म काँग्रेसको पार्टी कार्यालयमा दिपावली गरिएको थिएन् । ‘एक्लै कसरी दिपावली गर्नु अधिकाँश नेता काठमाडौं जानु भएको छ ।’ काँग्रेसका एक नेताले भने,–‘लामो संघर्षपछि निर्माण भएको जनताको संविधान दिवसको उत्सव मनाउन पहिल्यै तयारी थाल्नु प¥यो नी ?’

‘तयारीमा ढिलाई भएकाले दिपावली गर्नमा ढिलाई भयो, वहिष्कार गरिएको हैन् । ढिलैभएपनि पार्टी कार्यालयमा दिपावली मनाउन निर्देशन दिएका छौं ।’ कोइरालले थपे ।

सत्तामा रहेको तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय सोमबार साँझ ७ बजेसम्म दिपावली गरिएको थिएन । समान्य केही कार्यक्रमहुँदा तमझम गर्ने मओवादीले संविधान दिवसको उत्सवमा समेत कार्यालय अन्धकारमय थियो ।

नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले तयारीमा ढिला भएपनि कार्यालय अन्धकारमय नभएको बताए । ‘हामीले ७ बजे नै दिपावली गरेका छौं, उत्सवमा त्यसै कहाँ बस्न सक्छौं ?’ जिसीले प्रश्न गर्दै भने,–‘दिवसका अवसरमा दिपावली मनाएका छौं ।’

संविधान दिवस नमनाउने उद्घोष दिवस अघि नै गरेको राप्रपा नेपाल सुर्खेतका नेताहरुले बताएका छन् । राप्रपा सुर्खेतले सोमबार बिहान दिवसकै अवसरमा निकालिएको प्रभातफेरीमा समेत सहभागी जनाएन ।