☰ open Loading... 16 September 2024|  

महिला जुटे सरसफाईमा
  | ३ आश्विन २०७३, सोमबार २०:०१

घरका पुरुषलाई फुर्सद नभएपछि शिवनगरका महिला सरसफाईमा जुटेका छन् । वीरेन्द्रनगरस्थित सुर्खेत–दैलेख सडकखण्डको जीरोप्वाइन्ट नजिक रहेको शिवनगर टोलका पुरुषलाई फुर्सद नभएपछि महिलाले आफ्नो टोलको सफाईमा गर्न आफै जुटेका हुन् ।

21
करिब ६० जना महिला सदस्य रहेको शिवनगर टोल विकास समितिले सोमबार एक किलोमिटर सडकका छेउछाऊको सरसफाई गरेको छ ।

करिब दुई वर्ष पहिले लाटिकोइली गाविसबाट वीरेन्द्रनगर नगरपालिकामा समायोजन भएको शिवनगर टोलका महिलाले पछिल्लो चार महिना यता विभिन्न रचनात्मक तथा सृजनात्मक कार्य गर्दै आएको समितिका अध्यक्ष नन्दाकलि घर्तिले जानकारी दिईन् उनले शिवनगर टोलका महिला आपसमा मिलेर सामूहिक कार्यका लागि अनेकतामा एकताको परिचय दिएको जिकिर गरिन् ।

समितिका सचिव मिना सुवेदीले नजिकिँदै गएका चाडवार्डलाई लक्षित गरेर पहिलो चरणमा सरसफाई अभियानलाई तीव्र पारिएको बताईन् ।

उनले नगरपालिकासँग यस वर्ष शिवनगरमा पक्की नालासहितको सडक बनाउनका लागि माग गरिने समितिले निर्णय गरेको जानकारी दिईन् । उनका अनुसार प्रत्येक महिना समितिले सबै महिला सदस्यबाट केही रकम संकलन गरी बचत अभियान समेत शुरु गरेको छ ।