☰ open Loading... 18 October 2024|  

५१ दिनसम्म सम्पत्ती विवरण नबुझाउने मन्त्रीहरु को को हुन् ?
  | ६ आश्विन २०७३, बिहीबार १३:५८

माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएको ५१ दिन बितिसक्दा पनि दाहालसहित उनको क्याबिनेटका कुनै सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । दाहाल गत साउन १९ गते संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

cabinet
दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मन्त्रीपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण बुझाएको वा नबुझाएको बारे अनभिज्ञता प्रकट गरे । खनालले भने, “सम्पत्ति विवरण बुझाउनुभएको छैन र १ बुझाउनुपर्ने हो । किन नबुझाउनुभएको रहेछ, आज बुझ्छु ।”

यसअघिका प्रधानमन्त्री केपी ओलीसहित केही मन्त्रीहरूले १५ दिनभित्रै आफ्नो सम्पत्ति विवरण बुझाएको ओलीका प्रमुख राजनीतिक सल्लाहकार रहेका विष्णु रिमालले दाबी गरे । सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको वेबसाइटमा राख्ने प्रचलन छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएको दुई महिना बित्नै लाग्दा प्रधानमन्त्री दाहालसहित उनका मन्त्रीहरुले सम्पत्ति विवरण बुझाउन चासो देखाएका छैनन् । २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय भएको थियो ।

निर्वाचित भएको १५ दिनभित्र प्रधानमन्त्रीसहित सम्पूर्ण मन्त्रीपरिषद् सदस्यहरुले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय त्यसबेला भएअनुसार त्यसपछि बनेका सबै सरकारमा रहेकाहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन छ ।

सम्पत्ति विवरण नबुझाउने मन्त्रिपरिषद् सदस्यहरूः
पुष्पकमल दाहाल – प्रधानमन्त्री
विमेलेन्द्र निधि – उपप्रधान तथा गृहमन्त्री
कृष्णबहादुर महरा – उपप्रधान तथा अर्थमन्त्री

मन्त्रीहरू
अर्जुननरसिंह केसी – सहरी विकास
रमेश लेखक – भौतिक पूर्वाधार तथा यातायात
जनार्दन शर्मा – ऊर्जा
डा. प्रकाशशरण महत – परराष्ट्र
बालकृष्ण खाँण – रक्षा
दीपक बोहरा – आपूर्ति
सूर्यमान गुरुङ – श्रम तथा रोजगार
गौरीशंकर चौधरी – कृषि विकास
दलजित श्रीपाइली – युवा तथा खेलकुद
विक्रम पाण्डे – भूमिसुधार तथा व्यवस्था
जयदेव जोशी – जनसंख्या तथा वातावरण
हितराज पाण्डे – संघीय मामिला तथा स्थानीय विकास
सुरेन्द्रकुमार कार्की – सूचना तथा सञ्चार
धनिराम पौडेल – शिक्षा
अजयशंकर नायक – कानुन, न्याय तथा संसदीय मामिला
केशवकुमार वुढाथोकी – सामान्य प्रशासन
रोमी गौचन थकाली – वाणिज्य
सीतादेवी यादव – शान्ति तथा पुननिर्माण
जीवनबहादुर शाही – संस्कृति,पर्यटन तथा नागरिक उड्डयन
दीपक गिरी – सिँचाइ
नवीन्द्रराज जोशी – उद्योग
शंकर भण्डारी – वन तथा भू–संरक्षण
गगनकुमार थापा – स्वास्थ्य
हृदयराम थानी – सहकारी तथा गरिबी निवारण

राज्यमन्त्रीहरू
श्रीप्रसाद जवेगु – संघीय मामलिा तथा स्थानीय विकास
सत्यनारायण भगत – ऊर्जा
राधिका तामा – कृषि विकास
धनमाया बिक – शिक्षा

स्रोत 12khari