☰ open Loading... 18 October 2024|  

पत्रकार शाहीले पाए क्रियाशील पत्रकारिता पुरस्कार
  | ६ आश्विन २०७३, बिहीबार १४:३२

सुर्खेतमा बसेर पत्रकारीता गर्दै आएका पत्रकार विनोद शाही क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । प्रेस काउन्सील नेपालको ४७ औं वार्षिक उत्सवको अवसरमा पत्रकार शाही सो पुरस्कारबाट सम्मानित भएका हुन् ।

शाही लामो समयदेखि सुर्खेतबाट प्रकाशीत हुँदै आएको साझा विसौनी दैनिकमा आवद्ध छन् । उनी सो पत्रिकाका कार्यकारी सम्पादक समेत हुन् ।

14372397_1125822937484777_4695235173773233912_o

क्रियाशील पत्रकारीता पुरस्कारबाट शेखर अधिकारी र प्रदिपराज वन्त समेत सम्मानित भएका छन् । क्रियाशील पत्रकारिता पुरस्कारको राशी १०।१० हजारको छ ।

काउन्सीलले बिभिन्न ३१ विधामा ३१ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । राष्ट्रपति विद्या भण्डारीले विहीबार शितल निवासमा आयोजित कार्यक्रममा पत्रकारहरुलाई सम्मान गरेकी थिइन् ।

गोपाल दास पत्रकारिता पुरस्कारबाट गोविन्द आचार्य, सम्मानित भएका छन् । यो पुरस्कारको राशी १ लाख पाँच हजार रुपैयाँ छ ।

१ लाख पाँचहजार रुपैयाँ राशीकै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट परशु घिमिरे (ललितपुर) सम्मानित भएका छन् ।

प्रेस काउन्सील आचारसंहिता पुरस्कार बुटवल टुडे दैनिकले पाएको छ । आचारसंहिता पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।

साहित्यिक पत्रकारिता पुरस्कार विवश वस्तीलाई प्रदान गरिएको छ । यसैगरी स्तम्भलेखन पुरस्कार कृष्णमुरारी ढुंगेल, गोविन्दप्रसाद भट्टराई र दयाराम डाँगीले पाएका छन् । भाषागत पत्रकारिता पुरस्कार गोपाल छाङछा पाएका छन् । साहित्यिक, स्तम्भलेखन र भाषागत पुरस्कारको राशी १५।१५ हजार रुपैयाँको छ ।

महिला सशक्तिकरण पुरस्कार कविता थापा, मनिषा श्रेष्ठ महरा र दुर्गा भण्डारीले पाएका छन् ।

सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार महेश दास, डा. राजेश अहिराज र देवराज (डिआर) पन्त र पवन आचार्यले पाएका छन् ।

समावेशी पत्रकारिता पुरस्कार भने शितल महतो, विष्णुलाल बुढा, माधवप्रसाद चम्लागाईं, रोशन सावाँ, सुशील दर्नाल र लक्ष्मीकुमारी चौधरीलाई दिएको छ । युवा सशक्तिकरण पुरस्कार उपेन्द्र केसी, हेमन्तकुमार पौडेल, लेखनाथ न्यौपाने, भुवन शर्मा र श्यामसुन्दर यादवले पाएका छन् ।

लेखन पत्रकारिता पुरस्कारबाट गणेश लम्साल, प्रकाशकुमार खतिवडा, मोतिराम तिमल्सेना र रिषव गौतमलाई पुरस्कृत गरिएको छ ।

महिला सशक्तिकरण, सशक्त सञ्चारकर्मी, समावेशी, युवा सशक्तिकरण, लेखन पुरस्कारको राशी जनही १०।१० हजार रुपैयाँ छ ।