☰ open Loading... 18 October 2024|  

कर्णाली राजमार्गमा बस भाडा घट्यो
  | ६ आश्विन २०७३, बिहीबार १६:३२

नेपाल प्रहरी र ट्राफिक प्रहरीको सक्रियताका कारण कर्णाली राजमार्ग अन्तरगतको जुम्ला सुर्खेत सडकखण्डमा बस भाडा घटेको छ ।

karnali-way
विगतमा यातायात व्यवसायीहरूको मनोमानीका कारण यातायात व्यवस्था विभागले तय गरेभन्दा बढी भाडा असुल्दै आएकोमा आईतबारदेखि नेपाल प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा यातायात यातायात विभागले तय गरे अनुसारको घटेको भाडा कार्यन्वयनमा ल्याएपछि बस भाडा घटेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विगतमा कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखी सुर्खेतसम्म ७ सय ८५ लिदै आएकोमा अहिले ६ सयय ३ रुपैयाँ र कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखी जुम्ला बजारसम्म पहिले ५ सय ५० रुपैयाँ लिदै आएकोमा अहिले ३ सय २८ रुपैयाँ भाडा कायम गरिएको छ ।

नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले २०७२ साल माघ २४ गते निर्धारण गरेको भाडादर कालिकोट जिल्लामा बस व्यवसायी तथा अन्य सम्बन्धित निकायहरुको लाप्रबाहीका कारण अहिलेसम्म पनि कार्यन्वयन हुन सकेको थिएन् ।

तर जिल्ला प्रहरी कार्यालय कालिकोटमा डिएसपी योगेन्द्रकुमार खड्का सरुवा भएर आए लगत्तै घटेको भाडा कार्यन्वयनमा ल्याएका हुन् ।

जिल्ला प्रहरी प्रमूख योगेन्द्रकुमार खड्काले घटेको भाडा भन्दा बढी यात्रुहरुलाई लिएको पाईएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएकाले आईतबारदेखि घटेको भाडामा यात्रुहरुले यात्रा गर्न पाएको बताए ।

उनले भने, ‘प्रहरीले कानुन भन्दा माछि कसैलाई पनि हुन दिँदैन । म कालिकोट दुई दिन अगाडि सरुवा भएर आएको छु र दुई दिन पछि मेरो सरुवा हुन्छ भने जान तयार छुु तर कानुनको पालना गर्नेहरुलाई कुनै पनि हालतमा कानुनको दायरामा ल्याएरै छाड्छु ।’

प्रत्येक गाडीहरु तथा काउनटरहरूमा नयाँ भाडादर ट्राफिक प्रहरी मार्फत टाँसिएको छ । यात्रुहरुले गाडीको ढोकामा भाडादर हेरेर भाडा तिर्ने व्यवस्था मिलाईएको छ ।

बढी लिएको थाहा भए प्रहरीलाई जानकारी भए कानुन बमोजिम कारबाही गरिने डिएसपी खड्काले बताए। डिएसपी खड्काले जिल्लामा करीब दुई दर्जन रातो प्लेटका नीजि जीपहरूलाई याताययात व्यवस्था विभागबाट बिना स्वीकृत संचालनमा आईरहेको सवारी बोक्न प्रतिबन्ध लगाएका छन् ।

डिएसपी खड्काले यातायात व्यवस्था विभागमा दर्ता गरी कालो नम्बर प्लेट नल्याएसम्म सवारी बोक्न प्रतिबन्ध लगाएपछि कालिकोट जिल्लामा संचालनमा ल्याईएका करीब दुई दर्जन बढी नीजि जीपले काम पाएका छैनन् ।

कालिकोट जिल्ला स्थित मध्यपश्चिम याताययात व्यवसायी संघका काउन्टरका कर्मचारी भिमबहादुर शाहीले आफुहरुले काउन्टरबाट टिकट काट्दा नयाँ भाडादर अनुसार नै भाडा लिने गरेको बताए ।

स्रोत गोरखापत्र