☰ open Loading... 24 April 2024|  

विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  | ८ आश्विन २०७३, शनिबार १०:५५

विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । एमकेवी समूहको सहयोगमा शनिबार ति सामग्रीहरु वितरण गरिएको हो ।

student

बागचौर नगरपालिकाको बन्याचौर मा.वि लस्तममा ५ जना विपन्न वर्गका विद्यार्थीलाई सहयोग स्वरुप स्टेशनरी, डे«स, झोला, गरी १३ हजार बराबरको सामान वितरण गरिएको समुहकी सदस्य मारिया राईले जानकारी दिईन् ।

आइती वली, गणेश परियार, मिना डि.सी., लिला डि.सी. र सुरेश डि.सी.लाई शैक्षिक सामग्री दिएको छ । समुहले आफ्नो मामिस आम्दानीबाट रु. ५०० का दरले जम्मा गरी परोपकारी काममा लगाउदै आएको जनाएको छ ।