☰ open Loading... 19 September 2024|  

कवाडी पसलमा भूमिगत समुहको आगजनी
  | ९ आश्विन २०७३, आईतवार ०८:१५

वीरेन्द्रनगरको जुम्लारोडस्थित एक कवाडी पसलमा भूमिगत समुहले आगजनी गरेको छ । सो समुहले शनिबार विहान करिव पाँच बजेतिर आगजनी गरेको प्रहरी जनाएको छ ।

पसलमा फलाम मात्रै रहेकाले कुनै क्षती भने भएको छैन् । आफूलाई भूमिगत समूह बताउने समाज सुधार जनता पार्टीले घटनाको जिम्मेवारी लिएको खवर हाम्रो अखबार दैनिकमा छ ।

सो पार्टीका प्रमुख बताउने सुरविर थापाले चेतावनी स्वरुप पसलमा आगजनी गरिएको बताए । पार्टीले घटनास्थलमा छाडेको हस्तलिखित पर्चामा कवाडीका नाममा चोरी र हार्डवयरका सामग्री विक्री गर्ने गरेको, समाजमा विकृती फैलाएको लगायतका आरोपहरु लगाएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार पारेर अनुसन्धान सुरु गरेको जनाएको छ ।