☰ open Loading... 16 September 2024|  

प्रेस सेन्टर प्रदेश ६ को अध्यक्षमा दुई जनाको दावी
  | ९ आश्विन २०७३, आईतवार १२:२३

प्रेस सेन्टर नेपाल ६ नम्वर प्रदेशको अधिवेशन अहिले केहीवेरमा सुर्खेतमा शुरु हुँदै छ । सम्मेलनको उद्घाटन सञ्चारमन्त्री राम कार्कीले गर्ने कार्यक्रम तय भएको छ । चुनावी अधिवेशनले २७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

अभिवेशनका लागि प्रदेश नं ६ का १० जिल्लाका जिल्ला प्रतिनीधि, केन्द्रिय सदस्यहरु सुर्खेत आइपुगेका छन् । अधिवेशनले केन्द्रिय अधिवेशनमा जाने प्रतिनीधिहरुको टुङ्गो समेत लगाउने छ ।

press-center

तर अध्यक्षमा अहिलेसम्म दुइजनाको चर्चा शुरु भएको छ । रुकुम घर भई रेडियो सानीभेरी एफ.एम. रुकुम र प्रदेश एफ.एम. सुर्खेतका प्रमुख धुब्रविक्रम वुढाथोकी र नेपाल समाचार पत्रमा आवद्ध जाजरकोटका दिपेन्द्र शर्माले अध्यक्ष पदका लागि दावी गरेको प्रेस सेन्टर नेपाल ६ नम्वर प्रदेशले जनाकारी दिएको छ ।

सहमतिबाटै नयाँ कार्यसमिति चयन गर्ने तयारीमा प्रेस सेन्टर जुटेको छ । तर प्रतिनीधिहरुले अरु पदमा सर्वसम्मत भएपनि अध्यक्ष पदमा सहमति नभए चुनावबाटै छिनोफानो गर्ने बताएका छन् ।

अध्यक्षका दावेदार दिपेन्द्र र धुव्र दुवै जनयूद्धदेखि नै पत्रकारितामा आवद्ध भएका पत्रकार हुन् । ‘सम्वभत सहमतिबाटै अध्यक्षमा टुङ्गो लगाउनेमा हाम्रो जोड हुन्छ ।’ एक प्रतिनीधिले भने,‘चुनावी मैदानभन्दा सवैको सहमतिमा नेतृत्व आउँदा सकरात्मक सन्देश दिने र पत्रकारका हकहितमा काम गर्न सकिने भएकाले चुनावमा नजान बन्द सत्रमा कुरा उठान हुन्छ ।’

यद्यपी निर्वाचन नै भएमा शर्माभन्दा धुव्र बुढाथोकीले अध्यक्षमा जित्ने आंकलन सहभागी प्रतिनीधिले गरेका छन् । तर अन्तिम अवस्थासम्म सहमतिबाट टुङ्गाउने कसरत जारी रहने स्रोतले बतायो ।

प्रेस सेन्टर नेपाल, सुर्खेतको बैठकले पनि यसअघि नै प्रदेशको नेतृत्व सहमति मै चयन गर्नु पर्ने भन्दै प्रदेश सम्मेलन आयोजक समितिलाई आग्रह गरिसकेको छ ।