☰ open Loading... 16 September 2024|  

ब्राउनसुगरसहित एक पक्राउ
  | २१ आश्विन २०७३, शुक्रबार १७:४०

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी नायब निरीक्षक धुव्रराज बोहराको नेतृत्वमा गएको टोलीले करिव २ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा भारतको रुपैडिया घर बताउने वर्ष २८ का रफिक अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अन्सारी र वीरेन्द्रनगर तातापानी घर भएका राजबहादुर शाहीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी प्रवक्ता (डिएसपी) बहादुर जंग मल्लले जानकारी दिए ।

अन्सारी बुढाको घर डेरा गरेर बस्दै आएका थिए । बुढाको पनि लाघु औषध कारोवारमा संलग्नता हुन सक्ने भन्दै अनुसन्धानको लागि नियन्त्रणमा लिएको मल्लको भनाई छ ।