☰ open Loading... 23 December 2024|  

अवैध कुखुरा भित्रिएपछि व्यावसायी चिन्तित
  | २१ आश्विन २०७३, शुक्रबार १८:२४

भारतबाट अवैध रुपमा कुखुरा भित्रन थालेपछि बर्दियाका व्यवसायीहरु चिन्तित बनेका छन् । भारतसंग सीमा जोडिएका दक्षिणी नाका जमूनी, कालिका लगायतका स्थानबाट कुखुराको तस्करी बढेको भन्दै स्थानीय प्रशासनसंग व्यवसायीले रोक्न माग गरेका छन् ।

यी नाकाबाट दैनिक १० हजारभन्दा बढी कुखुरा भित्रिएको भन्दै व्यवसायीहरुले तत्काल नरोके आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । व्यवसायीहरुले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बर्दियामा अवैध कुखुरा रोक्नु पर्ने मागसहितको ज्ञापन पत्र समेत बुझाएका छन् ।

अवैध रुपमा भित्रने कुखुराले बर्दियामा पोल्टी फर्म सञ्चालन गरेका व्यवसायीहरुको व्यापार धरापमा परेको छ । स्थानीय प्रशासनले यसबारेमा आफूहरु गम्भीर रहेको भन्दै रोक्न पहल गर्ने व्यवसायी समक्ष प्रतिवद्धता जनाएको छ ।