☰ open Loading... 16 September 2024|  

अपराध रोक्न मोटरसाईकलबाट गस्ती
  | २६ आश्विन २०७३, बुधबार ०९:२२

दैलेख जिल्ला प्रहरी कार्यालयले जनतालाई सेवा पुराउने उद्देश्यले छिटो छरिदो सेवाका लागि मोटरसाईकल गस्तिको उद्घाटन गरेको छ । प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गर्दै स्थायी रुपमा संचालनका गरिने मोटरसाईलक गस्तिको उद्घाटन दैलेख प्रहरी प्रमुख केदार रजौरेले गरेका हुन् ।

dkt-police

अहिले दुई वटा मोटरसाईकलमा सदरमुकाम र आसपासको सुरक्षा प्रभावकारीका लागि उक्त गस्ति चौविसै घण्टा खटिने गरि संचालनमा ल्याईएको हो ।

प्रहरीका अनुसार छिटो छरिदो प्रहरी सेवा, शान्ति सुरक्षा प्रभावकारीता बनाउन जनतलाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन र अमनचयन काम गर्न स्थानी रुपमा मोटरसाईकल गस्ति उद्घाटन गरिएको जिल्ला प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।

उनका अनुसार अहिले चाडपर्वमा सदरमुकाम र आसपार गस्ति खटिनेछ । गस्ति जनताहरुहरु सुचना संकलन गर्दै साना साना गल्ति तथा जाँडरक्सी खाने स्थान र खराव मान्छेहरु भएकोहरु रहेका स्थानमा विशेष निगरानी राख्ने साहले बताए । सदरमुकाममा जुनसुकै घटना घटे ५ मिनेटमै गस्ति टोली पुग्ने साहले बताए । घटना घटाउने अपराधिलाई तत्काल पक्राउ गर्नमा यो टोलीले सहज हुने अपेक्षा प्रहरीको छ ।