☰ open Loading... 20 September 2024|  

सुर्खेतमा २५ प्रतिशतले धान उत्पादन बढ्यो
  | ४ कार्तिक २०७३, बिहीबार ०९:५१

यो वर्ष सुर्खेतमा धान उत्पादनमा वृद्धि हुने भएको छ । समयमै वर्षात हुँदा अघिल्लो वर्षको तुलनामा झण्डै २५ प्रतिशतले धान उत्पादनमा वृद्धि हुने अपेक्षा जिल्ला कृषि विकास कार्यालय सुर्खेतको छ ।

जिल्लाको कुल ५५ हजार २ सय हेक्टर खेती योग्य जमिनमध्य १४ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गत वर्ष १३ हजार २ सय २९७ हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीमा ५० हजार २ सय ५३ मेट्रिक्टटन धान उत्पादन भएको थियो ।

तर यो वर्ष धान उत्पादन हुने १४ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतका कृषि प्रसार अधिकृत सुरेश थापाले जानकारी दिए ।

उनका अनुसार यो वर्ष झण्डै ५५ हजार ३ सय ५३ मेट्रिक्टनटन अर्थात २५ प्रतिशतले धान उत्पादन हुने आँकलन छ । जिल्लामा रहेका ७ वटै कृषि सेवा केन्द्रले धान पाक्दै गरेको अवस्थामा लिएको विवरण अनुसार उत्पादनमा वृद्धि हुने अनुमान कृषिको छ ।

dhan
सेवा केन्द्रले मुख्यगरी सिंचाई र असिंचित तथा स्थानीय र उन्नत जातका धानका आधारमा सर्वेक्षण गरिएको कृषि प्रसार अधिकृत थापाले जानकारी दिए । समयमै मनसुन, मलखाद्को उपलव्धता र धान खेतीमा रोग किराको संक्रमण नहुनुले पनि उत्पादनमा वृद्धि हुने आधारहरु प्रशस्त रहेको थापाको भनाई छ ।

जिल्लामा वर्षभरी सिँचाई सुविधा पुगेको क्षेत्रफल १० हजार ४४९ रहेको छ, भने प्रयाप्त मौसम कुर्नु पर्ने जमिन १२ हजार २७६ हेक्टर क्षेत्रफल रहेको छ । सुर्खेतको विद्यापुर, गुटु, बावियाचौर, साटाखानी, वीरेन्द्रनगर उपत्यका, साहरे, मेहलकुना, राकम लगायतका क्षेत्रमा धान पटक क्षेत्र हुन् । जिल्लामा ६० प्रतिशत धान उन्नत जातको रहेको थापा बताउँछन् ।

‘खाद्य सुरक्षाको हिसावले सुर्खेत सुरक्षित जिल्ला हो ।’ थापाले भने,–‘धान उत्पादन हुने क्षेत्रका कृषकले अन्य वस्तु खरिद गर्ने हुँदा खाद्यन्न संकट सुर्खेतमा हुँदैन् ।