☰ open Loading... 5 May 2024|  

बालमैत्री फिल्म ज्योती प्रर्दशन
  | ६ कार्तिक २०७३, शनिबार १८:०३

बक्तित्वकला प्रतियोगीता एबम् बालमैत्री फिल्म ज्योती प्रर्दशन कार्यक्रम सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिकको आर्थिक सहयोग तथा यूथफरको समन्वयमा नगरस्तरीय बाल संजालको आयोजनामा शनिवार सो कार्यक्रम सम्पन्न भएको हो ।

बालमैत्री नगर बनाउन हाम्रो भूमिका विषयक वक्तित्वकला प्रतियोगितामा वीरेन्द्रनगरको वडा नम्बर २१ की पूर्णीमा आचार्य प्रथम, वडा नम्बर १४ का ललित बुढामगर दोस्रो, वडा नम्बर १९ का ईश्वर शर्मा तेस्रो र वडा नम्बर १ का झलक आचार्य चौथो भएको नगर बाल संजालका अध्यक्ष अस्मिता सापकोटाले जानकारी दिईन् ।

कार्यक्रममा बालबालिका विषयमा आधारित लघु चलचित्र ज्योती प्रर्दशन गरिएको युथ फर चिल्ड्रेनका सह–सचिव तिलक पौडेलले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीको प्रमूख आथित्यतामा भएको कार्यक्रममा समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यक्रम अधिकृत तेज सोनाम, वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ सामाजिक परिचालक निर्मला भट्टराई, संगम नाट्य समूहका महासचिब नबराज खरालको उपस्थिती थियो ।